Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, April 20, 2015

आधारभूत स्व नेतृत्व विकास तथा प्रयोगात्मक प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने

नेत्र पौडेल, सउल 
२० अप्रिल २०१५ 
यहि आउँदो अप्रिल २५ तारिख को दिन हाम्रो जीवन हाम्रो सोच को आयोजनामा आधारभूत स्व नेतृत्व बिकास प्रयोगात्मक प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएको छ। सो कार्यक्रम हाम्रो जीवन हाम्रो सोच, ओक्सिदो माइग्रेन्ट सेन्टर गुन्सान र भिउ अफ नेप्लिज ग्रुप गुन्सान दक्षिण कोरिया को सहकार्यमा दक्षिण कोरिया स्थित गुन्सान शहरमा हुने जानकारी हाम्रो जीवन हाम्रो सोचका संस्थापक तथा निर्देशक श्री राज संसार श्रेष्ठ ले जानकारी दिनुभएको छ। सो कार्यक्रममा विशेषत: जीवन जिउने कला, आफुले आफ्नो नेतृत्व कसरी गर्ने आफ्नो लक्ष्य सम्म पुग्न कसरी कदम हरु चाल्ने, जीवनको हरेक पलमा कसरी खुशी रहने, आफु को हुँ, मैले के के गर्न सक्छु, आफू भित्र अन्तर्निहित उर्जा लाई कसरी अबसरहरुमा रुपान्तरण गर्ने, आफ्ना बिचारहरुलाइ कसरी वास्तविकतामा परिणत गर्ने भन्ने विषयमा आधारित भइ युवा प्रशिक्षक श्री राज संसार श्रेष्ठले प्रयोगात्मक रुपले प्रशिक्षण दिनु हुनेछ । सो कार्यक्रम को मुख्य उद्देश्य आधारभुत तहका प्रशिक्षकहरु उत्पादन गरी जनमानस सम्म सकारात्मक सोच को विकास गर्दै समाज लाई परिवर्तन उन्मुख बनाउने रहेको छ। कार्यक्रममा सहभागी हुन चाहनेहरूको संख्या धेरै नै रहेता पनि व्यवस्थापकीय पक्ष लाई मध्यनजर गर्दै जम्मा २१ जना प्रशिक्षक हरुको मात्र कोटा निर्धारण गरिएको छ । कार्यक्रममा सहभागीहरुलाइ प्रयोगात्मक रुपमा बन्दसत्र भित्र रहेर प्रशिक्षण दिई आधारभुत तहमा प्रशिक्षण दिन सक्ने गरी दक्ष जनशक्ति उत्पादन गरिने छ । यसै गरी सोही कार्यक्रमको भोलिपल्ट सामुहिक रुपमा नि:शुल्क तनाव व्यवस्थापन तथा स्व नेतृत्व विकास कार्यक्रम को साथ मा विभिन्न हास्यब्यंग्य तथा सांगीतिक कार्यक्रमहरू पनि राखिएको छ । जस अन्तर्गत हास्यब्यंग्य कलाकार रंगलाल बाजे {सन्दिप पाण्डे} लगायत अन्य स्थानिय कलाकारहरूको बेजोड़ प्रस्तुति रहनेछ । आधारभूत स्व नेतृत्व विकास तथा प्रयोगात्मक प्रशिक्षक प्रशिक्षण कार्यक्रम मा सहभागी हुन चाहाने साथीहरूले आगामी शुक्रबार सम्म निम्न व्यक्तिहरु सँग अग्रिम रुममा नाम टिपाउनु हुन समेत अनुरोध गरिन्छ । पुनश्च : २५ तारीख़ शनिवार विशेष कार्यक्रम शशुल्क हुँदै छ भने २६ तारीख आईतवारको कार्यक्रम नि:शुल्क हुनेछ । सम्पर्क व्यक्ति हरू..... सउल क्षेत्रको लागि भुसाल के. पी. ०१०-२११७-४५२३ गुन्सान क्षेत्रको लागि सालिक न्यौपाने ०१०-७२६३-७८६६

No comments:

Post a Comment