नमस्ते नेपाल कोरिया संवाददाता
"सेवानै धर्महो"भन्ने मूल लक्ष्य लिएको गुल्मी सम्पर्क समितिले कोरियामा कार्यरत बिरामी गुल्मी पुर्तिघाटका ४८ बर्षीय दल बहादुर थापा मगरलाइ सहयोग रकम संकलन गर्दै आएका छन् l सेप्टेम्बर २५ तारिक देखि हस्पिटलमा उपचारार्थ आर्थिक सहयोगको लागि महामेलाबाट गुल्मी सम्पर्क समिति दक्षिण कोरिया र नेपाल मगर संघले संयुक्त रुपमा कोरियन वन जम्मा १९,५०,०००/-संकलन गरेका छन् l
थापा गत सेप्टेम्बर महिनामा एक्कासि बिरामी भइ बेहोस अवस्थामा हस्पिटलमा भर्ना गरेको हो र अहिले उहाँको स्वस्थ्य केहि सुधार भएको l अहिले सम्मको सबै खर्च स्वयम बिरामिकै परिवारले गर्नुभएको र अब लाग्ने खर्चको कुनै पनि माध्यम नभएकोले हामीलाई सहयोग गर्नको निम्ति अपील आएकोले गर्दा हामी सबै मिली केहि रकम सहयोग संकलन गर्ने निर्णय गर्यौ भनि संस्थाका अदक्ष्य प्रेम ज्ञवाली ले बताए।अबैधानिक अवस्थामा काम गरिरहेको र पहिला कम्पनीले उपचार खर्च ब्यहोरिदिने बचन दिएको तर अहिले करीब ५ करोड वन भन्दा बढी खर्च नाघिसकेको स्थितिमा कम्पनीले खर्च नब्यहोर्ने जानकारी गराएको बिरामी कुरुवा छोरा कुशल थापा मगरले बताएका छन् ।बिश्व मै कम पाइने रोग गील्लान बर्रे सिन्ड्रोम(फ्रान्सेली नाम)देखिएको हुनाले उपचार अत्यधिक महंगो पर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन ।यो आपतकालीन घडिमा कोरियामा रहनुहुने सबै संघ संस्था तथा ब्यक्तिहरुले मनै देखि सक्दो सहयोग गरेर बिरामीको जीबन रक्षा गरी दिनका लागि गुल्मी सम्पर्क समिति र नेपाल मगर संघले संयूक्त रुपमा हार्दिक अपिल गरेका छ।
No comments:
Post a Comment