Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, February 20, 2015

कोरियामा सांगीतिक महामेला बृहतरुपमा सम्पन्न (फोटो फिचर )

कृष्ण पुरी , सउल ( नमस्ते नेपाल कोरिया )
२० , फेब्रुअरी २०१५
दक्षिण कोरियामा सलनाल पर्वको अवसर पारेर दिर्घकालिन र व्यवस्थित नेपाल हाउस निर्माणका लागि आयोजना गरिएको सांगीतिक महामेला पूर्ण रुपमा सम्पन्न भएको छ ।
PhotoRamesh Khawaju [ Yudip Photography ]
पहिलो कार्यक्रम  १८ तारिखमा बुसान शहरको  केभिएस सभा हलमा र दोश्रो दिन राजधानी सौलमा संचालन भएको थियो ।बुसानमा झन्डै २ हजारको  हाराहारीमा र सौलमा करिब ४ हजारको संख्यामा  उपस्थित्  भएका दर्शकहरुलाई भरपुर मनोरंजन र नेपाल हाउस निर्माण सहयोगार्थ सफल बनाउन  नेपालबाट आएका ख्यातीप्राप्त हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी )का साथमा चर्चित पपगायक प्रमोद खरेल, गायिका रेजिना रिमाल, नायिका एवं उदघोषिका छुल्ठिम गुरुङ, लोकदोहोरी गायिका देवी घर्तीमगर रयापर यमा बुद्धको टोलीको महत्वपूर्ण भूमिका रहेको थियो  ।

सांगीतिक महामेलाको  पहिलो चरण अन्तर्गत दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, ब्यबसायी  साथै समाजसेवीहरुको आसनग्रहण रहेको थियो l  नेपाल हाउस व्यवस्थापन समितिका संयोजक एवं एनआरएन कोरियाका अध्यक्ष विनोद कुँवरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास दक्षिण कोरियाका लागि राजदुत कमानसिंह लामा रहेका थिए l

सास्कृतिक कार्यक्रमको सुरुवातमै  महजोडी द्य मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशको माया स्वाभिमान र सचेतना झल्कने खालको आराधना गित गएका थिए l
मह जोडीको अर्को प्रहसन  बाहुन बहादुर र नेवार बहादुर बनेर देशका राजनैतिक अवस्थालाई  व्यङ्ग्य तथा देशमा नेपालीहरुले भोग्नुपरेको यथार्थ चित्रण सहित नाटकीय ढंगमा प्रस्तुति दिएका थिए l त्यस्तै गरी  मडनको फोटो  स्टुडियो नामको  नाटक मार्फत  प्रहसनले पनि दर्शकहरुलाई  आकर्षित गरेका थिए l उक्त  महजोडीको हाँस्यव्यंग्य र जनचेतना जगाउने खालको  प्रहसनलाई  कलाकार नरेन्द्र कंसाकारले पनि सहयोग  दिएका थिए ।

नायिका तथा उद्घोसिका छुल्ठिम गुरुङ  पछिल्लो समयमा नोभेम्बर रेईंन फिल्म मार्फत चर्चा बटुलेसगै उक्त कार्यक्रम संचालन  गर्दै बीच बिचमा आकर्षक नृत्य पनि देखाएर  दर्शकको आखालाई तानेकी थिइन् l

 कार्यक्रममा अर्को आकर्षणहरु गायिका रेजिना रिमालले ‘पानीको फोका जस्तै  ’,  ‘नाइ नभन्नु ल’, ‘तिमीसँगै जिउने मर्ने’ चाहाना छ मेरो ,  ‘म तिम्रो भइसकें’ जस्ता बोलका गीतहरु  पस्किईएकी  थिइन् भने  कार्यक्रममा  लोकदोहोरी गायिका देवी घर्तीमगरले पनि आफ्नो लोक प्रस्तुति दिईन l साथै   नेपाली पप गायक प्रमोद खरेलले ‘मेरो दिल छ पोखरामा’,तिमी बिना बाच्न सक्ने भए,मेरो  देश,हे माया हे माया भनन.., ‘छुट्टिएर तिमीसँग’, ‘मलाई जस्ले पनि रुवाउछ....  आदि  बोलको गीतहरु गाएर दर्शकलाई तताए lकार्यक्रममा र्यापगायक यमा बुद्ध ले पनि र्याप प्रस्तुतिहरु मार्फत दर्शकलाई झुमाउदै  साझ अबेरसम्म तानिरहे l

कोरियामा आपतविपत तथा सम्पूर्ण नेपालीहरुको हितको लागी नेपाल हाउस निर्माणार्थ दस करोड वन संकलन अभियान अन्तर्गत गरिएको  उक्त  कार्यक्रम भव्य रुपमा सम्पन्न भएको  कार्यक्रमका संयोजक तथा एन आर एन कोरीयाका अध्यक्ष विनोद  कुवर ले जानकारी  दिनु भएको छ l कार्यक्रम पुर्बनै विभिन्न संघ- सस्था , ब्यबसायी ,चन्दादाता तथा नेपालीहरुबाट दस करोड वन संकलन भइसकेको थियो l अब कार्यक्रमबाट उठेको  रकम सहित बाट नेपाल हाउस निर्माण कार्य थालनी गरिनेछ ।

No comments:

Post a Comment