नमस्ते नेपाल कोरिया संवाददाता
नेपाल बौद्ध परिवारद्वारा आयोजना गरेको भाग्यशाली चिठ्ठा कार्यक्रम २०१५ को नतिजा सार्बजनिक भएको छ ।
नेपाल हाउस निर्माणार्थ सहयोग संकलन तथा कोरियामा बुद्ध जयन्ति लोटस लाल्टिन फेस्टिवलमा हुने पदयात्रा कार्यक्रम गर्ने उदेश्यले गरेको सो भाग्यशाली चिठ्ठा कार्यक्रम २०१५ को आयोजना गरेका थिए l
भाग्यशाली चिठ्ठाप्रथम पुरस्कारका लागी नेपाली अभिनेता कलाकार मदन कृष्ण श्रेष्ठले निकाल्नु भएको चिठ्ठा नम्बर ००२३ का दाबेदार दोंदेमुनमा अबस्थित माया मार्टले आइफोन ६ प्लस प्राप्त गर्न सफल भएको छ । दोश्रो भाग्यशाली पुरस्कारका लागि अभिनेता तथा हास्य कलाकार हरि बंश आचार्यले निकाल्नु भएको टिकट नम्बर ०८१० का दाबेदार राज डंगोलले ल्याप टप हात पार्न सफल हुनु भएको छ ।तेश्रो भाग्यशाली पुरस्कारका लागि कलाकार रेजिना रिमाल तथा उदघोषिका छुलठीम गुरुंगले निकाल्नु भएको टिकट नम्बर ०८९२ का जुनु गुरुङ,टिकट नम्बर ०७०३ का बिनोद गुरुङ र टिकट नम्बर ०४२४ का कृष्ण खड्काले १/१ थान सोलार लाइट प्राप्त गर्न सफल भए।
उक्त भाग्याशाली चिट््ठाका नतिजा अनुसारको पुरूस्कारहरू परिवारका अध्यक्ष ईश्वर गुरूङले प्रदान गरेका थिए भने कार्यक्रम संचालन महासचिब प्रितम गुरूङले गरेका थिए। उक्तभाग्यशाली चिठ्ठा कार्यक्रम २०१५ को नतिजा तथा पुरस्कार वितरण १९ फेब्रुवरीमा नेपाल हाउस ब्यवस्थापन समितिले आयोजना गरेको नेपाल हाउस सांगीतिक महामेला २०१५ को कार्यक्रम हलमा गरेका थिए ।
त्यसैगरि चिट््ठा कार्यक्रम सफल बनाउन सहयोग गरेका कोरियाका बिभिन्न संघ संस्था र चिट््ठा लिई सहयोग गर्नु भएका सबै नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूलाई नेपाल बौद्ध परिवारले हार्दिक धन्यबाद ज्ञापन गरेको छ।यसैबिच परिवारको आयोजनामा प्रत्येक महिनाको पहिलो आईतबार दोसन्सा गुम्बामा हुने बौद्ध मार्गी सम्बन्धी प्रवचन कार्यक्रम यसपाली भने यही मार्च १ तारिख आईतबारका दिन ईन्छन स्थित फोम्याङ्सा गुम्बामा हुने कुरा जानकारी दिएको छ। साथै सो प्रवचन कार्यक्रममा सहभागी भैदिनका लागि सम्पुर्ण बौद्ध धर्म अवलम्बी तथा ईच्छुक नेपाली दाजु-भाई,दिदी-बहिनीहरूमा अध्यक्ष ईश्वर गुरूङले अनुरोध गर्नु भएको छ।
मिति:-२०१५-०३-०१
समय:-तुङ्देमुन बाट-१० बजे हिड्ने
स्थान:-फोम्याङ्सा गुम्बा(Line no-1,sognae station)
थप जानकारीका लागि सम्पर्क:-
ईश्वर गुरूङ-010-6707-1966,रमेश श्रेष्ठ-010-3266-9033,पेम्बा लामा-010-6468-7186

No comments:
Post a Comment