नमस्ते नेपाल कोरिया संवाददाता
ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले फेब्रवरी १९ तारिख मानसिंह गुरुइ०को नेतृत्वमा १५ सदसीय पूर्ण कार्यसमिति चयन गर्दै प्रथम भेला सम्पन्न गरेको छ । सुवनमा सम्पन्न भेलालले तदर्थसमितिका अध्यक्ष गुरुइ०लाई नै पुनह नेतृत्व सुम्पेको हो ।
त्यस्तै समितिका उपाध्यक्षमा पचुराम राई, सचिवमा श्रीराम गुरुइ० , सह सचिवमा इन्दु कार्की, कोषाध्यक्षमा मञ्जु गुरुइ० र सह कोषाध्यक्षमा नरेन्द्र कुमार राई चयन भएका छन् । साथै सदस्यहरुमा क्रमशः फणिन्द्र अधिकारी, गोविन्द कार्की, छोइ०नुरी शेर्पा, इश्वर भट्टराई, गोपाल श्रेष्ठ, उत्तम राई, सुमन कार्की, नविन कार्की र लय सिंह राई चयन भएका छन् ।
भेलाले बाबुराम गुरुइ०, खगेन्द्र गुरुइ० र विजय राईलाई संरक्षक र कमल प्रधान, सरस्वती राई, किम ह्योइ० ह्यो र सन्तोष दाहाललाई सल्लाहकारमा अनुमोदन गरेको छ । साथै भेलाले ओखदढुंगा सेवा समाज दक्षिण कोरियाको विधान २०१५ र संस्थाको लोगो पनि सार्वजनिक गर्दै पारित गरेको छ । नयाँ कार्यसमितिलाई संरक्षक विजय राईले सपथ खुवाएका थिए ।
सामाजिक रुपमान्तरणको लागि हातेमालो अभियान भन्ने नारा सहित गठित यस संस्थाले कोरिया र नेपालको पूर्वि पहाडी भेग ओखलढुंगा जिल्लालाई कार्यक्षेत्र बनाई विभिन्न परोपकारी कार्यहरु गरिने उद्देश्य लिएको छ । कोरियामा आपत विपतमा परेका जिल्लाबासीहरुलाई सहयोग गर्नुका साथै जिल्लाका ऐतिहासिक तथा सस्कृतीक कलाकृती, राष्ट्रिय विभूति र प्रतिभाहरुको संरक्षण सम्वद्धर्न गर्न
संस्थाको थप उद्देश्य रहेको छ ।
No comments:
Post a Comment