रमेश खावाजु ,दक्षिण कोरिया
आउदो फेब्रवरी १५ तारिक आइतबारका दिन दोङदेमुनमा कोरियामा नेपालीहरूको साझा संस्था नेपाली सम्पर्क समिती(एनसीसी )ले नेपाल हाउस निर्माण तथा अन्य बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
नेपाल हाउसमा दिउसो १२ बजे गर्न लागिएको अन्तरक्रिया कार्यक्रममा नेपाल हाउस निर्माण , एनसीसीको अधिबेसन तथा निर्बाचन समिति चयन सम्बधमा बृहत छलफल हुने एनसिसीका अध्यक्ष लोचन राईले नमस्ते नेपाल कोरिया डट कमलाई बताएका छन् । अध्यक्ष राईले सो अन्तरक्रिया कार्यक्रममा कोरियाका सबै नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायत कोरियाबासी नेपालीहरूलाई उपस्थितीको लागी अनुरोध गरेका छन् ।
नेपाली संस्थाहरुलाइ छुसक तथा सालनालमा एन सि सीले यस अघि दुई वा दुई भन्दा बढि सांगितिक कार्यक्रम आयोजना गर्नको लागी अधिकार दिंदै आएको थियो l यस पटक भने कोरियामा रहेका नेपालीहरुको लागि आपतकालिन अवस्थामा बिरामी, दुर्घटना ,बेरोजगार वा कम्पनि परिबर्तन गर्दा बस्नको लागि अस्थायी आवाश गृह ''नेपाल हाउस '' निर्माणको लागि नेपाल हाउस ब्यबस्थापन समितिलाइ सांस्कृतिक कार्यक्रम गर्र्न अवशर दिएको छ । अहिले कोरियामा रहेका सम्पूर्ण नेपाली संस्थाहरु तथा नेपालीहरु एकजुट भइ नेपाल हाउस निर्माणको लागि आर्थिक सहयोगहरु गरिरहेका छन् l
मार्च २९ मा एनसीसी कोरियाको अधिवेशन हुने
आउदो मार्च २९ तारिक आइतबारका दिन नेपाली सम्पर्क समिति कोरियाको १५ औं अधिवेशन हुने भएको छ l आउदो एनसीसीको अधिवेसनमा उपस्थितीको लागी कोरियाका नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायत कोरियाबासी नेपालीहरूलाई संस्थाले अनुरोध गरेका छन् l
सन् १९९३ मा स्थापित एनसीसी नेपाली राजदूतावास नभएको अवस्था देखि नेपालीहरुको सुख दुखको संस्थाको रुपमा रहँदै आएको थियो l हाल इपिएस मार्फत कोरिया प्रवेश गर्ने नेपालीहरुको संख्या वृद्धि हुनुका साथै संस्थाहरुको संख्या पनि बढ्दै गए पछि सहमती हुँन नसक्दा केहि संस्थाहरुले एनसिसिको निर्णय विपरित छुसक ,सालनालमा कार्यक्रमहरु गर्दै आएका छन् । कोरियामा नेपालीहरूको साझा र पुरानो संस्था भएकोले एनसिसीको हरेक गतिविधिहरु तथा आगामी कार्यक्रमहरु के कस्तो हुन्छ भने विभिन्न संस्थाहरु अनि कोरियाबासि नेपालीहरुको चासोको बिषय बनेको हुन्छ l

No comments:
Post a Comment