Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, February 23, 2015

स्याङ्जालीहरुको बृहत भेला सम्पन्न कलाकार शर्मा सम्मानित [ फोटो फिचर] सहित

नोमराज गुरुङ
फेब्रुरी–२३, सोल कोरिया ।

‘बृहत स्याङ्जाली भेला तथा रात्रीभोज’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कोरियन पर्व सालनालको दोस्रो दिन फेब्रुअरी १९ तारिख सोलको दोङ्देमुन शहरमा भेला सम्पन्न भएको हो ।

भेला तथा रात्रीभोजमा स्याङ्जाली कलाकार लोकदोहोरी गायक पशुपति शर्मालाई सम्मान गरिएको थियो । लोकदोहोरी गायनको क्षेत्रमा स्याङ्जालीको नाम उच्च बनाएको भन्दै शर्मालाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो ।

शर्मा किराँत याकथुङ् चुम्लुङ्ले आयोजना गरेको ‘श्रीजंगा सांस्कृतिक सौगात भाग–३’ कार्यक्रममा सहभागी हुन कोरिया आउनुभएको थियो । सोही अवसरमा नेपाल हाउस व्यवस्थापनको लागि आयोजना गरिएको सांस्कृतिक महामेला कार्यक्रममा आएका नायिका छुल्टिन गुरुङ् र गायिका रजिना रिमाललाई समेत दोसल्ला र खादा ओढाई सम्मान गरिएको थियो ।

लोकगायिका विष्णु माझी कोरिया नआएपछि माझीलाई भने स्याङ्जा परिवारले सम्मान गर्न पाएनन् ।
कलाकारहरुर्लाइ सम्मान गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि कोरिया नेपाली दुताबासका सहचारी रमेश गैरेले विदेश भूमिमा आफ्नो जिल्लाबासीलाई संगठित गर्दै सामाजिक सेवामा समर्पित हुनु स्याङ्जा परिवार दक्षिण कोरियाको सराहनिय काम भएको बताउनुभयो ।

फुटेर होइन जुटेर सबै स्याङ्जालीहरुलाई संस्थामा आबद्ध गराउनको लागि र सबै स्याङ्जालीहरुमाझ संस्थालाई परिचय गराउन संस्थाले अझै बृहत कार्यक्रमहरु गर्नुपर्ने समेत उहाँले सुझाव दिनुभयो ।

सो अवसरमा स्याङ्जा परिवार दक्षिण कोरियाका संस्थापक सदस्य, भूपू अध्यक्ष एवं वर्तमान सल्लाहकार हेम थापा मगर, भूपू अध्यक्ष एवं वर्तमान सल्लाहकार गुप्त गुरुङ्, भूपु अध्यक्ष एवं वर्तमान सल्लहाकार ईश्वर गुरुङ, निवर्तमान अध्यक्ष एवं सल्लहाकार मिलन राना मगर र सल्लाहकारहरु नेत्र राना मगर, खोम गुरुङ्, गुनबहादुर राना मगर र प्रेम थापा तथा जनअधिकार मञ्च दक्षिण कोरियाका अध्यक्ष सागरर न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरियाद्धारा सोलको दोङ्देमुनमा सञ्चालित कार्यालय तथा आवासगृहलाई भौतिक र आर्थिक सहयोग गरे बापत पूर्व अध्यक्ष मिलन राना, उपाध्यक्ष हिमानी गुरुङ्, यम गुरुङ्, टेक राना, हेम थापा मगर, गुनबहादुर राना मगर, भूमिजंग राना मगर, कृष्ण राना मगर, युवराज गुरुङ, रोशन राना, रमेश राना, धर्मसिं राना लगायतलाई सम्मान गरिएको थियो ।

भेलाको औपचारिक कार्यक्रम समाप्ति पश्चात रात्रीभोज कार्यक्रम सुरु भएको थियो । भोजसँगै रमाईलो नाचगान गरी भेला सम्पन्न भएको थियो ।

यसैबीच स्याङ्जा परिवार दक्षिण कोरियाले अगामी अप्रिल १२ तारिख आईतबारका दिन नेपाली चलचित्र ‘नाई नभन्नु ल–३’ प्रदर्शन गर्ने निर्णय गरेको छ 

No comments:

Post a Comment