कृष्ण पुरी , फेन्थेक , दक्षिण कोरिया l
१० फेब्रुअरी,२०१५
दक्षिण कोरियामा नेपालीहरु अहिले कोरियामा नेपालीहरुको साझा घर नेपाल हाउस बनाउने काममा एकत्रित भएर सहयोग गरिरहेका छन् ।
सोही उदेश्य पुरा गर्नका लागि महजोडी सहित प्रख्यात कलाकारहरुको उपस्थितिमा साँगितिक महामेलाको भव्य तयारी हुदै गइरहेको छ । १० करोड कोरियन वन संकलन गर्ने उदेश्यले आयोजना गर्न लागिएको कार्यक्रममा हालसम्म विभिन्न पेशामा आवद्ध नेपालीहरुको सहयोगबाट १० करोड कोरियन वनको हाराहारीमा रकम उठिसकेको आकलन गरिएको छ ।
यसै क्रममा कोरियामा फेन्थेक सहरमा अवस्थीत फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र नेपाली समिति द्वारा पनि नेपाल हाउस निर्माणको उदेश्य पुरा गर्नका लागि उल्लेखनीय सहयोग गरेको छ । कार्यसमितीले गत आइतबार ६ लाख ११ हजार वन सहयोग गर्ने घोषणा गरे अनुरुप उक्त रकम कार्यसमितीहरु बाटै संकलन गरि नेपाल हाउस ब्यबस्थापन समितिलाई हस्तान्तरण गरिएको अध्यक्ष बिजु बिक्रम थापाले बताएका छन ।
साथै उक्त समितीले सहयोग गर्ने संघसंस्था तथा नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धेरै धेरै धन्यवाद दिदै सहयोग गर्न बाँकी रहेकाहरुलाई पनि यस पवित्र उदेश्यमा एकजुट भएर सहयोग गर्न अनुरोध गरेको छ ।
फेन्थेक नेपाली समितिले फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र सग मिलेर कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र अझै सम्पूर्ण संघ सस्थाहरु सग हातेमालो गर्दै आगाडी बढ्ने पनि जनाएको छ ।

No comments:
Post a Comment