पुष्प लामिछाने ,दक्षिण कोरिया
दक्षिण कोरियामा दिगो रुपमा सञ्चालन हुने नेपाल हाउसलाई एनआरएन उपाध्यक्ष भवन भट्टले ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।
सउलमा भएको एक भेटघाट कार्यक्रममा भट्टले एनआरएन कोरिया अध्यक्ष विनोद कुवरलाई सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा एनआरएन क्षेत्रिय संयोजक गगांराज राई तथा एनआरएन आइसिसि प्रतिनिधी केपी सिटौलाको समेत उपस्थिती रहेको थियो ।
भेटका क्रममा कोरियामा दिगो रुपमा सञ्चालन गर्न लागिएको नेपाल हाउसको बारेमा उपाध्यक्ष भट्टलाई जानकारी गराइएको थियो । टिविआइ होल्डिङ्स गु्रपका अध्यक्ष समेत रहेका भट्टलाई सउलमा फेबु्रअरी १९ तारिक हुन लागेको महामेलामा उपस्थितीका लागि निम्तो समेत दिइएको छ । जवाफमा भट्टले कोरियामा नेपालीहरुले गरेको कार्यको प्रशंशा गर्दै १९ तारिक सकेसम्म आउने जानकारी दिनुभयो । उहाँले कोरियामा नेपालीहरुले गर्न लागेका यस कार्यको अहिले जताततै चर्चा परिचर्चा भइरहेको कुरा समेत अवगत गराउनुभयो ।
भेटका क्रममा जापान र कोरिया नजिक भएका कारण दुइ देशमा रहेका नेपालीहरुको सहयोग र भावना नजिक र फराकिलो बनाउनु पर्ने भन्दै उपाध्यक्ष भट्टले जापान र कोरियाका नेपालीहरु मिलेर नेपालका लागि विकासका योजना लैजान पहल गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
न्युजिल्याण्डमा एनआरएनको एक सम्मेलनमा भाग लिन जान लागेका भट्ट फेबु्रअरी ६ तारिख शुक्रबारका दिन कोरिया ट्रान्जिटका क्रममा सउलमा ३ घण्टा भेटघाट कार्यक्रममा सहभागी भएका थिए ।
उपाध्यक्ष भट्टको करिव २१ वटा कम्पनी रहेका छन् । त्यसमध्येको एक टीवीआई फुड्सले अहिले जापानमा ७८ वटा रेष्टुँरा सम्हालिरहेको छ ।

No comments:
Post a Comment