नमस्ते नेपाल कोरिया संवाददाता
नेवा पुच दक्षिण कोरियाको अध्यक्षमा कृष्ण मुश्यान निर्वाचित भएका छन् l
नेवाः पुचः दक्षिण कोरियाले फेब्रुअरी १८ तारिक सालनालको पहिलो दिन दोङ्ग्देमुन स्थित नाक्सन गुम्बामा सम्पन्न सातौँ साधारण सभाले कृष्ण मुश्यान चुनिएका हुन् । दुई चरणमा सम्पन्न भएको उक्त सभाको उद्घाटन यस सभाका विशेष अतिथि नाक्सन गुम्बाका प्रमुख श्रद्धेय गुरु संजिन भिक्षु तथा सभापति नेवाः पुचः कोरियाका अध्यक्ष गुरुज्यु डा. नबिन बज्राचार्यज्युले पानसमा बत्ति बालेर गर्नु भएको थियो । तत्पश्चात नेवाः पुचः दक्षिण कोरियाका उपाध्यक्ष श्री रमेश श्रेष्ठज्युले आफ्ना भनाईका साथ् उपस्थित सम्पूर्ण अतिथिज्यु लगायत सम्पूर्ण सदस्यहरुलाई स्वागत गर्नु भयो भने; संस्थाकै कोषाध्यक्ष श्री संजन जोंछेंज्युले २०१३~२०१४को आर्थिक तथा कार्यक्रमको विवरण प्रस्तुत गर्नु भयो ।
पहिलो चरणको अन्तिममा एक पटक संयोजक(२००६ ~२००७) र तीन पटक (२००८~२०१४) सम्म नेवाः पुचः दक्षिण कोरियाका नेतृत्व सम्हाली सक्नु भएका गुरुज्यु डा. नबिन बज्राचार्यज्युले नेवाः पुचः दक्षिण कोरिया नेतृत्व सम्हाल्दाखेरिको अनुभव तथा सफल नेतृत्वमा हुनुपर्ने गुणहरुको वर्णन गर्दै वर्तमान कार्यसमितिको सहयोग प्रति हार्दिक धन्यबाद दिंदै विघटन गर्नु भयो । लगत्तै दोस्रो चरणमा सल्लाहकारहरुको सहमतिमा श्रद्धेय भिक्षु संजिनज्युको नेतृत्वमा श्री रमेश श्रेष्ठ, सल्लाहकार श्रीमती गंगा थापा श्रेष्ठ, सल्लाहकार श्री राजन श्रेष्ठज्युहरु सदस्य रहने गरि निर्वाचन मण्डल गठन गरियो । उक्त निर्वाचन मण्डलले उपस्थित बहुल सदस्यहरुले चुनेका श्री कृष्ण मुश्यानज्युको नेतृत्वमा निम्न लिखित नयाँ कार्यसमिति चयन गर्यो ।
अध्यक्ष श्री कृष्ण मुश्यान, उपाध्यक्ष श्री राज देशार, उपाध्यक्ष श्री मदन लाल श्रेष्ठ, सचिव श्री बिक्रम श्रेष्ठ, सहचिव श्री बिकाश महर्जन, कोषाध्यक्ष श्री बीर बहादुर डंगोल, सहकोषाध्यक्ष श्री नानु छोरी महर्जन सम्पूर्ण कार्यसमितिका सदस्यहरुलाई बिहार प्रमुख संजिन भिक्षुज्युले खादा लगाई दिएर पद बहाली गर्नु भएको थियो । श्री कृष्ण मुश्यानज्युले यस अघि नेवाः पुचः दक्षिण कोरियाको सचिव र नेवाः पुचः नेपाल तथा नेवाः पुचः ख्येओङ्ग बुक शाखाको अध्यक्ष पद सम्हाली सक्नु भएको छ । तुरन्तै अध्यक्ष श्री कृष्ण मुश्यानज्युको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त संस्थाका सल्लाहकारको सुझावलाई मध्ये नजर गर्दै उपाध्यक्ष पदमा एकजना थप गर्ने निर्णय गर्दै सो पदमा श्री निर्मल महर्जनलाई मनोनित गरेका छन् ।
यसका अतिरिक्त नयाँ कार्यसमितिले सक्दो चांडै कार्यसमितिमा सल्लाहकार तथा सदस्यहरु मनोनित गर्ने, निवर्तमान कार्यसमितिलाई सम्मान गर्ने तथा नेपाल फर्किन लाग्नु भएका सदस्यहरुलाई बिदाई गर्ने कार्यक्रम छिट्टै आयोजना गर्ने निर्णय गरेका छन् । साथै नेवाः पुचः दक्षिण कोरियाले नेपाल हाउस सांगीतिक महामेलामा नेपालबाट आउनु भएका अत्यन्त पपुलर बरिष्ठ हास्य कलाकार श्री मदन कृष्ण श्रेष्ठ, श्री हरि बंश आचार्य तथा उहाँको श्रीमती र छोरा तथा श्री नरेन्द्र कंसाकारज्यूहरुलाई पनि सम्मान गरेको थियो।

No comments:
Post a Comment