Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, January 29, 2015

कोरियामा सालनालमा रोधी साँझ हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
कोरियनहरुको महान चाड सलनाल (कोरियान नयाँ बर्ष) को अवसरमा "स्वयम्भू रेस्टुरेन्ट" को प्रायोजनमा "रोधी ब्यान्ड" को विशेष सांगीतिक साँझ "रोधीं साँझ " को आयोजना गर्ने भएको  छ।

 "नेपाली रिति-रिवाजको जगेर्ना गरौं , नेपाली कला संस्कृतिलाई बिश्व सामु चिनाऔं" भन्ने नाराको साथमा कोरियाको विभिन्न स्थानमा आफ्नो प्रस्तुति दिईसकेका र आगामी प्रस्तुति दिने क्रममा यसपटक कोरियाको प्रसिद्ध शहर "सुवन" मा विगतको भन्दा केही पृथक ढंगबाट आफ्नो प्रस्तुति दिने तयारीमा रहेको  रोधी ब्यान्ड का गायक तथा बाधबादक अर्जुन गुरुङ्ले बताउनुभयो । प्रवासी नेपालीहरुको बीच आपसमा सुखदुःख साटासाट गर्ने र विशुद्ध नेपाली संगीतमा स्वच्छ मनोरञ्जनको लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनुहुन्छ प्रायोजक तथा कार्यक्रम ब्यबस्थापक बुद्धि गुरुङ।
            उपस्थित महानुभावहरुले ब्याण्डको लाईभ म्युजिकको साथमा आफ्नो ईच्छा अनुसारको गीत गाउन र सुन्न सक्नुहुनेछ, साथै विभिन्न मिस्ठान्न नेपाली परिकारहरु उपलब्ध हुनेछ। ब्याण्डको संगीत संयोजक दिलिप गुरुङ्ले, एउटै छाना मुनि नेपाली परिकार को साथमा मन छुने नेपाली गीत संगीतमा छमछमी नाच्न, गाउन र रमाउन कार्यक्रममा  उपस्थितिको लागि कोरियाबासी सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्नुभयो।
 कार्यक्रम हुने स्थान तथा समय:-
मिति :- 2015 फेब्रुअरी, 19 तारिख
समय :-  बेलुका 8 बजे देखि राति 4 बजे सम्म
स्थान : स्वयम्भु रेस्टुरेन्ट, सुवन (गेट नम्बर 9 देखि 50 मिटर)
थप जानकारीको लागि निम्नलिखित व्यक्तिहरुसँग सम्पर्क राख्न सक्नुहुनेछ -
बुद्धि गुरुङ :- 010- 4239-3305
अर्जुन गुरुङ : - 010-9294-2087
दिलिप गुरुङ : - 010-8686-7717

No comments:

Post a Comment