Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, January 27, 2015

स्याङ्जालीहरुको बृहत भेला तथा रात्रीभोजको तयारी हुँदै

नोम राज गुरुङ
जनवरी–२७, सोल कोरिया ।
स्याङ्जा परिवारले आफ्नो बार्षिक क्यालेण्डर कार्ययोजना अन्तर्गत गर्ने भनिएको ‘स्याङ्जाली बृहत भेला तथा रात्रीभोज’को तयारी गरेको छ । क्यालेण्डर कार्ययोजना अनुसार अगामी सालनालको दोस्रो दिन फेब्रुअरी १९ तारिखमा ‘बृहत स्याङ्जाली भेला तथा रात्रीभोज’ कार्यक्रम आयोजना हुँदैछ । परिवारका अध्यक्ष धर्म तमुको अध्यक्षतामा आईतबार सोलमा बसेको बैठकले भेलाको लागि विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरेको छ । जसअनुसार भेलास्थलको व्यवस्थापनको जिम्मेवारी लिनुभएको अध्यक्ष गुरुङ्ले दोङ्देमुन मिलीओरेजम स्थित ‘चिकन एण्ड बीयर’ कोरियन रेष्टुरेण्टको हल पक्का भएको जानकारी दिनुभयो । भेलामा बढि भन्दा बढि स्याङ्जालीहरुको उपस्थिती गराउने हेतुले परिवारका उपाध्यक्ष यम गुरुङ्लाई सदस्यता बितरणको जिम्मा दिईएको छ । उपाध्यक्ष गुरुङ्को अनुसार हालसम्म १ सय जनाले स्याङ्जा परिवार दक्षिण कोरियाको साधारण सदस्यता लिईसकेको छ भने सदस्यता बितरणको क्रम जारी छ । त्यस्तै भेलाको लागि विभिन्न संघ–संस्था तथा शुभचिन्तकहरुलाई पत्राचार तथा निम्तो बाँड्ने जिम्मेवारी सचिव कुमार थापालाई दिईएको छ । सचिव थापाले निमन्त्रणा तथा प्रचार प्रसारको लागि तयारी भईरहेको जानकारी दिनुभयो । भेलामा सम्पूर्ण स्याङ्जालीहरुबीच परिचयात्मक कार्यक्रम एवं रात्रीभोजको व्यवस्था गरिएकोले सम्पूर्ण प्रवासी स्याङ्जालीहरुलाई उपस्थित भईदिनुहुन अनुरोध समेत गरिएको छ ।

 त्यस्तै दुबै मृगौला खराब भएर नेपाल फार्किएका पिताम्बर रानालाई स्याङ्जा परिवार दक्षिण कोरियाले ९ लाख १७ हजार वन सहयोग संकलन गरी प्रदान गरेको छ । कोरियाको ख्याङ्गीदो–पुछन्सी–घासन्म्यन म्हाजन्दे स्थित एसोन खागु कम्पनीमा कार्यरत राना मृगौलामा समस्या देखिएपछि नोभेम्बर महिनामा नेपाल फर्किएका थिए । नेपालको पुरानो ठेगाना स्याङ्जा, आलामदेवी–६ र हालको ठेगाना नवलपरासी–९, भुमही स्थाई बासिन्दा रानालाई गएको अक्टुवर २४ मा कम्पनीको नियमित स्वास्थ्य परिक्षण गर्ने क्रममा ब्लड प्रेसर हाई र पिसाबमा समस्या देखिए पछि थप स्वास्थ्य परिक्षणको लागि अस्पताल जान सुझाइएको थियो । त्यसलगत्तै उनी अक्टुबर ३१ गते पुछन्सीको सुँगुरी स्थित उरी फ्यङवनमा थप स्वास्थ्य परिक्षणको लागि जाँदा डाक्टरले दुबै मृगौला खराब भएको प्रमाणित गरेको थियो । त्यसपश्चात पुन नोभेम्बर १० मा अस्पताल भर्ना भई १९ गतेसम्म उनले उपचार गराएका थिए ।  अढाई वर्षअघि कोरियाका आएका रानालाई उपचारको लागि कोरियामा भाषाको समस्या भएपछि र कम्पनीले विदा नदिने भएपछि नेपाल फर्किएका थिए । नेपाल गएपछि भने रानाको स्वास्थ्यमा सुधार आएको रानाले फोन मार्फत जानकारी गराएका छन् । यसैबीच स्याङ्जा परिवारले भईपरि आउँदा प्रदान गर्ने गरी ‘४ लाख वनको आपतकालिन रहात कोष’ स्थापना गरेको छ । सुरुवातमा संस्थाकै कोषबाट रकम छुट्ट्याई सो कामको सुरुवात गरिएको अध्यक्ष धर्म गुरुङ्ले जानकारी दिनुभयो । ‘अहिले थोरैबाट सुरु गरेका छौं यसलाई हामी बढाउँदै लैजानेछौं

No comments:

Post a Comment