Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, January 23, 2015

नेवा पु:च दक्षिण कोरियाको साधारण सभा हुने

बिक्रम श्रेष्ठ ,कोरिया 
दक्षिण कोरियामा रहेर बि-भिन्न पेशमा कार्यरत सम्पूर्ण नेवारहरूको एकबद्दता एबम् आपसि सदभावना र भै-परी आउने समस्याहरूलाई आपसी समाधान गर्न र आफ्नो भाषा,कला,संकृतिलाई जीवित राख्न नेवा पु:च दक्षिण कोरियाको बिशेष भूमिका रहेको छ l साथै दक्षिण कोरियामा रहेको नेपाली संघ-सस्था र बिशेष व्यक्तिहरु संग सहकार्य गरि सहयोग लिदै,दिदै नेवा पु:चले बिगत,वर्तमानमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको तपाईहरु माझ अबगत नै होला l नेवा पु:चले नेवारी समुदायको बिसेष चाड-पर्व भिन्तुना(नेपाल सम्बत),मह:पुजा जस्ता पर्व मनाउदै नेपालबाट बिभिन्न विधाका राष्ट्रिय कलाकाहरु ल्याई सांस्कृतिक कार्यक्रम कन्सर्टको आयोजना पनि गरिसकेको छ l
अध्यनको शिलशिलामा कोरियामा बस्नु भएका डा.नबिन बज्रचार्य ज्युले नेवा पु:च दक्षिण कोरियाको अध्यक्ष पद लामो समय समालेर सफल नेतृत्व गर्नुभएको थियो l र अहिले उहाँ  आफ्नो अध्यन पुरा गरि स्वदेश फर्किसक्नु भएको छ l बर्तमान समयमा नेवा पु:च दक्षिण कोरियाको सम्पूर्ण जिम्बेवारी समाल्नु भएका उपाध्यक्ष रमेश श्रेष्ठ,बरिष्ठ सल्लाकार सानु प्रजापति र पुरू जोशिको सक्रियतामा अब आउने दक्षिण कोरियाको चाड सलनालमा  फेब्रुअरी १८ गते बेलुका साधारणसभा गर्ने जानकारी गराउनु भयो l
नेवा पु:चले बिगतका दिनमा जसरि दक्षिण कोरियामा रहेको नेपालि संघ-सस्था,व्यक्तिहरु संग सहकार्य,आपत-बिपतमा सहयोग गर्नुको साथै नेवा भाषा,कला,सस्कृतिको संरक्षण गरि नेपाल र नेपालीको पहिचान जीवित राख्न योगदान गरेको थियो,त्यसरी नै अब आउने कार्यसमितिका पद-अधिकारीले अझ पृथक,सशक्त ढंगबाट क्रियाशील भई नेवा पु;च दक्षिण कोरियाले आफ्नो दायित्व,जिम्बेवारी पुरा गर्ने उपाध्यक्ष रमेश श्रेष्ठले बताउनु भयो l
साधारणसभा
_________
मिति : २०१५ फेब्रुअरी १८
स्थान : कुमारि भान्छघर पछाडि रहेको सभाहल
लोकेसन : तुंदेमुन (ट्रेन न.१ तुंदेमुन स्टेसन गेट न.३).
समय: बेलुका ६:०० बजे.
सम्पर्क न. :
रमेश श्रेष्ठ 010-3266-9033
सानु प्रजापति 010-4755-5075
पुरू जोशी 010-5540-8848
कृष्ण मुस्यान 010-6487-7627
निर्मल महर्जन 010-4648-2027
अरूण श्रेष्ठ 010-6853-2952
रमेश खवाजु 010-5924-5571
सन्ध्या बुद्धाचार्य 010-7219-3419

No comments:

Post a Comment