Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, December 29, 2014

बिरामी दल बहादुर थापा मगरलाइ आर्थिक सहयोग गर्नको लागि आबह्वान

नमस्ते नेपाल कोरिया सम्बाददाता-
                  गुल्मी पुर्तिघाट घर भइ  बिगत १० बर्ष देखि कोरियामा कार्यरत ४८ बर्षीय दल बहादुर थापा मगर सेप्टेम्बर २५ तारिक देखि हाल सम्म सघन कक्षमा उपचार गराइरहनुभएकोले उपचार खर्च अत्यधिक महंगो भएको हुनाले आर्थिक सहयोग गर्न नेपाल मगर संघ दक्षिण कोरिया र गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले संयुक्त रुपमा अपिल गरेको छ।

                 निज बिरामीलाइ गत सेप्टेम्बर महिनामा एक्कासि बिरामी पर्न गइ बेहोस अवस्थामा थेगु स्थित दोङ साङ हस्पिटलमा भर्ना गरि अचेत अवस्था मै उपचार भइरहेको छ। अबैधानिक अवस्थामा काम गरिरहेको र पहिला कम्पनीले उपचार खर्च ब्यहोरिदिने बचन दिएको तर अहिले करीब ५ करोड वन भन्दा बढी खर्च नाघिसकेको स्थितिमा कम्पनीले खर्च नब्यहोर्ने जानकारी गराएको बिरामी कुरुवा छोरा कुशल थापा मगरले बताउनु भएको छ।बिश्व मै कम पाइने रोग गील्लान बर्रे सिन्ड्रोम(फ्रान्सेली नाम)देखिएको हुनाले पनि उपचार अत्यधिक महंगो पर्न गएको मगर संघका अध्यक्ष पुरन राना मगरले बताउनु भएको छ।उपचारमा संलग्न डाक्टरहरुले अहिले उपचार गराइरहेको हस्पिटल अत्यन्तै महंगो भएको र अहिलेसम्म लागेको खर्च भुक्तानी गरी सस्तो हस्पिटलमा स्थानान्तरण गर्न सुझाइएको छ।
   यस्तो आपतकालीन समयमा कोरिया तथा बिश्व भर  रहनुहुने सबै संघ संस्था ब्यक्तिहरुले मनै देखि सहयोग गरेर बिरामीको पुनर्जीबन दिनु हुन हार्दिक नेपाल मगर संघ र गुल्मी सम्पर्क समिति हार्दिक  अपिल गर्दछौँ।
आर्थिक सहयोगको लागि खाता नम्बर-22129418602015 IBK 
सम्पर्क नम्बरहरु-010-2748-5595 पुरन राना मगर
प्रेम ज्ञवाली  010-6450-1946

No comments:

Post a Comment