कमलप्रसाद अर्याल , दक्षिण कोरिया
'म छुसीको मान सम्मान र अपमानले समाज र राष्ट्रलाई कुनै असर पर्दैन' l मेरो जीवनको केही अंश समाज र राष्ट्रका निम्ति काम लागोस् भन्ने मेरो सिद्दान्त हो l म समाजको हीत हुन्छ भने फोहोरको कन्टेनर बनिदिन सक्छु जसमा लेखिएको हुन्छ 'फोहोर मलाई 'गाली मलाई ,अपमान मेरो ,पाप मलाई कुनै कुराले असर पर्दैन यदि समुदायको हीत हुन्छ भने l दक्षिण कोरियामा रहेका नेपालीबीच सौहार्दपूर्ण र विस्वासको वातावरण बनोस् भन्ने उदेस्यले यो समिति निर्माण हुनुपर्छ भन्ने उद्देय हो l कसले निर्माण गर्ने भन्ने कुरा होइन मैले गर्नु पर्छ भन्ने पूर्वाग्रह पनि छैन यति हो यो उदेस्य पुरा हुनुपर्छ भन्ने हो l सामाजिक प्रयोजन देखाएर अर्थ संकलन गर्न लाज नहुने, उठेको रकम पारदर्सी नगर्दा लाज नहुने, हामी गोजीको पैसा लगानी गर्ने कित्ताले कति जम्मा भयो ? भनेर सोध्न लाज डर मान्नुपर्ने कुनै आवस्यकता म देख्दिन l विशेष गरी ठुला मानिएका सस्थाको पहिलो जिम्मेवारी र दायित्व हुन जान्छ कि सामाजिक दायित्व पूरा होस् ,समुदायमा सम्मानको वातावारण बनोस् र संगति कायम होस् विसंगति नबढोस l अचम्म यहानेर छ कि तपाइँ ठुला माउ सस्थाका प्रतिनिधि हुँ भन्ने सामाजिक,राजनैतिक,धार्मिक,ऐतिहासिक,साहित्यिक,जुन छेत्रमा पनि अग्रपंक्तिमा देखिन रुचाउने , प्रमुख र विशिष्ट अतिथि बन्न रुचाउने ,आफूलाई माउ र अरुलाई चल्ला ठान्ने , तपाईको दिसा पातलो हुँदा सबैलाई जानकारी हुनुपर्ने शीघ्र स्वास्थ्य लाभको कामना गरिदिनु पर्ने तर हाम्रो माग र चाहना तपाइले नसुने पनि हुने l थाहा नभए जस्तो गर्ने यो अलि सुहाउदो कुरो भएन खै प्रतिक्रिया ?
नेपाली सम्पर्क समितिले हरेक सस्था दर्ता हुनुपर्ने अवधारणा ल्यायो यसलाई हामीले सकारात्मक मानियो l ३/४ जना मिलेर सस्था खोल्ने सस्थाको अस्तित्व देखाउने र सामाजिक हीतको प्रयोजन देखाएर अर्थ संकलन गर्ने रकम पारदर्शी नगर्ने परम्पराको अन्त्य हुन्छ भन्ने आशा थियो त्यो भएन l सलनाल छुसकमा कार्यक्रम गर्न दिने अनुमति दिनेले उठेको रकम पारदर्शी गर्न पनि दवाब दिनसक्नुपर्छ lहामीले संगति खोज्ने अधिकार देखाएको हो ,यस प्रकृतिको समिति खोल्ने र व्यवस्थित गर्ने काम तिनै ६/७ जना ठेकेदारले लिनुपर्छ र तिनै सस्थाको दायित्वभित्र पर्छ l हामीले सामाजिक आदर्शका नाममा ताली ठोक्यौ ,यदि प्रवृति र उदेस्य खराब हो भने अब कोठामा बसेर कीरा सल्किएका हात भन्दै टकटक्याएर मन शान्त परिन्छ l प्रमुख अतिथि र विशिष्ट अतिथिको १० ग्राम ब्याजको खोस्टो उचालेर के के न गोवर्धन पर्वत नै उचालें भन्नेहरूसित सोधिन्छ कुन मूल्य चुकाएकाले तिमी यसका अधिकारी भयौ ? सामाजिक विसंगति भित्र्याउन कै निम्ति हो त दिनको १० हजारको ओभरटाइम छोडेर हामी थपडी बजाउन पुगेका ? हाम्रो भावनाको को के मूल्य ? छोरीलाई जामा किन्न पुग्ने पैसा सामाजिकताका नाममा बाड्दै हिड्ने के हामी मूर्ख ?
हामी केही गर्दैनौ अब यो समिति तपाईहरू निर्माण गर्नुस् पारदर्शी ढंगले कार्य सम्पादन गर्नुस् भोलि ३ करोड नेपालीको प्रतिनिधित्व गर्छु भन्ने सपना र शोच राख्नेहरू सय,पचासको नेतृत्व गर्दैमा चरित्रमा कीरा नपार्नुस l तपाई ट्राफिक बिटमा उभिन जादै हुनुहुन्छ भने पोशाक लगाएर जानुस् भनेर सम्झाउने चेष्टासम्म हो निर्वस्त्र गएर सिठी बजाउँदा गाडी हिड्दैनन् रमिते थपिन्छन् l यदि समयमा सचेत हुनुभएन भने बुख्याचा बनेर उभिनुहुन्छ l अस्तित्व खोज्नुस l म आत्म प्रसंशा रुचाउने मान्छे होइन तर आज मैले मेरो अनुभव बताउनु पर्ने भएको छ l मणिपाल शिक्षण अस्पताल, भरतपुर मेडिकल कलेजलाई ४२ बिगाहा ५५४ रोपनी बागीश्वरीको घना जंगल दिने सरकारको निर्णय मंत्री परिषद्ले गर्दा बगीस्वरी संघर्ष समिति नेपाल पर्यावरण संरक्षण तथा सम्बर्धन समितिको वातावरण संरक्षण अभियानको संयोजकको भूमिका निर्वाह गरी रिले अनसन आमरण अनसन विभिन्न र्याली सम्पन्न गरी योगी नरहरीनाथको तर्फबाट सर्बोच्च अदालतमा रिट दायर गर्दा सम्मानित सर्बोच्च अदालतले १ रुपया बिगोसहित मंत्री परिषद्लाई दोषी सावित गर्यो l तत्कालीन शिक्षा मंत्री गोविन्द राज जोशीको राजनैतिक भविस्य समाप्त भयो l दोस्रो काठमान्डौ प्रवेश पछि त्रि.वि.नेपाली विभागमा कर्मचारी फाँटमा कार्यरत श्यामकृष्ण के.सी.देवेन्द्रकुमार श्रेष्ठ र श्यामबहादुर न्यौपाने र कमलप्रसाद अर्यालको टिम का.म पा.१४ को सार्वजनिक पर्ती गौचरण संरक्षणमा अगाडि बढ्यो l कलङ्की सुनारगाउ बाटो बत्ती ढलको काम सामाजिक विकास सस्थाले गर्यो जसको अध्यक्षता श्याम कृष्ण केसीले गरेका थिए महासचिवको भूमिका मैले निर्वाह गरेको हुँl मिठुदेवी राणाले व्यक्तिगत गुठी दर्ता गराउने चेष्टा गरेको का.म.पा.१४ बासुकी चौर गांखेलको १७ रोपनी ४ आना २ पैसा जग्गा मंत्री परिषदले गोरखा पत्र सस्थानलाई दिएको बिरुद्द सर्बोच्चमा रिट , जसमा वरिष्ट अधिवक्ता मुक्ति प्रधानले निशुल्क बहस गरिदिएका थिए l केशब स्थापितले १४ न वडा भवन सिलान्यास गरेको बिरुद्द पुनरावेदन चिल्ड्रेन पार्क,सशस्त्र क्याम्प आदि बिरुद्द सामाजिक मुद्दा गरी सामाजिक न्यायका क्षेत्रमा १३ वर्ष नेपालमा स्वतन्त्र समाजसेवा गरेको अनुभवलाई आवस्यक परे कोरियामा प्रयोग गर्ने चेष्टा गर्नेछु l जीवनमा ब्यतिगत र सामाजिक गरी ७ वटा मुद्दा बेहोरेको छु l म आफ्नो विचार,र चिन्तनको रेसमा डोरिएको मान्छे कुनै राजनैतिक दलको दासता स्वीकार्न सक्दिन l योगी नरहरी नाथ अध्यक्ष भएको एकमात्र सस्थाको सस्थापक सचिवका रुपमा कार्यसम्पादन गरेको हुँ सर्बोच्चको बुलेटिन साथै झोलामा छ l त्यसका निम्ति कोठा भित्र तातो बोइलर तताएर लेखनका माध्यमबाट नै कार्य सम्पन्न गर्न सकिन्छ , आवस्यक परे हाम्रो चेष्टा त्यही हुनेछ l
लेख्य विधा ,न्यायको खोजी ,पत्राचार यही माध्यमबाट हामी सामाजिक न्यायसम्म पुग्न सकिन्छ l सुपुर्दगीको मध्यम अबलम्बन गर्न सकिन्छ l अपराधको खोजी , अपराधीलाई सजाय ,समाजलाई न्याय ,सम्बन्धित निकायमा पत्राचार कुटनैतिक पहल जस्ता मध्यम हुनेछन् l ब्याज तपाइँ लाउनुस मन्चमा तपाइँ बस्नुस हामीलाई कुनै रुचि छैन l लाज छोप्नुस इमान्दारितासाथ समाजसेवा गर्नुस् सहयोग हुनेछ l नेपाली नागरिकता त्यागेकाहरू पनि सुरक्षित हुदैनन् l कोरिया त्यस्तो मुलुक हो जहाँ अपराधी घोषित भएर सजाय भोग्नु भन्दा अघिल्लै दिन आत्महत्या गरिन्छ l अपराध गर्नेहरू कोही बच्दैनन l

No comments:
Post a Comment