Saturday, December 6, 2014

मृतक पदम गुरुङको सुवनमा अन्त्येष्टी गरिने

मञ्जु गुरुङ - सुवन ,कोरिया,
दक्षिण कोरियामा सोमबार निधन भएको पदम गुरुङको यही आइतबार कोरियामै अन्त्येष्टी गरिने भएको छ ।

सुवनको यङथुङगु हादोङ २५ बन्जी स्थित सुवन यन्ह्वा जाङमा अन्त्येष्टी गरिने भएको तमु धिँ कोरियाका बरिष्ठ उपाध्यक्ष तथा समाजसेवी  बुद्धी गुरुङले जानकारी गराए । आइतबार १० बजे शव यात्रा आरम्भ गरिने भएकोले कोरियामा रहेका सम्पूर्ण तमु बन्धु तथा नेपाली दाजु भाईलाई अन्त्येष्टीमा उपस्थीत भइदिनुहुन तमुधिँ कोरियाले हार्दिक आवहान गरेको छ ।
हाल पदमको शब राखिएको सुवन इन्गेदोङ स्थित हानदुक फ्यवन (अस्पतल) मा शनिबार दिउसोदेखि मृत्कको आत्मा शान्तिको लागि प्रथना गरिने पनि तमुधिँले जानकारी गराएको छ । नेपालबाट छोराले आफू कोरिया आउन नसक्ने जानकारी गराउदै उत्तै बुबाको अन्त्येष्टी गरिदिन आग्रह सहितको पत्र कोरिया स्थित नेपाली राजदूतबासमा प्राप्त भएको छ । साथै युके र हङकङमा भएका दाईहरुबाट पनि त्यतै
 अन्त्येष्टी गरिदिन आग्रह गरिएकोले तमूधिँ कोरियाको सक्रियतामा मृतक पदमको अन्त्येष्टी यतै गर्न लागेको तमूधिँले जनाएको छ ।
मोरङ कैरोन १ का स्थायी बासिन्दा मृतक पदमको गत सोमबार सुवन स्थित आजु अस्पतालमा निधन भएको थियो । उच्च रक्तचाप, मधुमेह लगायत विभिन्न रोगबाट ग्रसित पदमको मृगौला खराबीका कारण निधन भएको अस्पतालले जनाएको छ । १५ वर्षभन्दा अघिदेखि नै कोरियामा अवैधानिकरुपमा बस्दै आएका पदमको नेपालमा २० र १५ वर्षिय दुई छोरा रहेको र पत्नि गत वर्ष निधन भएको जानकारहरुले बताएका छन् ।

No comments:

Post a Comment