Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, December 15, 2014

अफ्रिकाकी रोलिनी स्ट्रस बनिन 'मिस वल्‍ड२०१४ ' [ फोटो फिचर , भिडियो सहित ]

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण अफ्रिकाकी रोलिनी स्ट्रसले  'मिस वल्‍ड२०१४ ' उपाधि  उचालेकी छिन्।   

बेलायतको राजधानी लण्डनमा आइतबार सम्पन्न भएको भव्‍य समारोहमा रोलिनी विश्‍वका १२५ देशका सुन्‍दरीहरुलाई पछि पार्दै उपाधि जितेकी हुन्। 

विश्व सुन्दरी भएपछि उनको आँखाबाट हर्षको आशु खसेको थियो। 'मिस वल्‍ड २०१४'को को अन्तिम पाँचमा हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतका प्रतिस्पर्धी सुन्दरीहरु छनोट भएका थिए ।

यस्तै यस वर्ष विश्‍व सुन्दरीको फस्ट रनरअप हंगेरकी इडिना कुल्सार र सेकेन्ड रनरअप अमेरिकाकी एलिजावेथ साफ्रिटल भइन।

यस्‍तै नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु भने पहिलो चरणबाट आउट भइन। 'मिस वर्ल्‍ड २०१४' बेलायतमा सम्‍पन्‍न भएको यो दोश्रो पटक हो। 

यसअघि सन् १९५१मा बेलायतमा मिस वर्ल्‍ड भएको थियो। 

-एजेन्‍सीको 



भिडियो 

No comments:

Post a Comment