Monday, December 8, 2014

सलनालमा नेपाल हाउस ब्यबस्थापन समितिले कार्यक्रम गर्ने

बिष्णु न्यौपाने ,कोरिया 

 यस वर्षको सलनालमा नेपाल हाउस  व्यबस्थापन समितिले सास्कृतिक कार्यक्रम गर्न पाउने भएको छ।

नेपाली सम्पर्क समिति, कोरियामा रहेका सम्पुर्ण सक्रिय संघ सस्थाहरूका प्रतिनिधि, समाजसेवी, ब्यापारी, बुद्दिजिबी  हरूको बिचमा भएको एक बृहत अन्तरकृया कार्यक्रमले नेपाल हाउस को अहिलेको नाजुक अबस्था लाई मनन् गर्दै  नेपाल हाउस  लाई ब्यबस्थित गरी सम्पुर्ण नेपाली लाई आबस्यक परेको बेला आश्रय लिने साझा घर बनाउन को लागि नेपाल हाउस  ब्यबस्थापन समितिलाई कार्यक्रम गर्न दिने अनुमति दिएका हुन् । कार्यक्रम गर्न पाउने पालो अन्य जातिय तथा क्षेत्रिय संघ सस्थाहरू को भए पनि साझा घर बनाउने पहिलो प्राथमिकता भएको निष्कर्ष निकाल्दै सबै सस्थाहरू नेपाल हावस ब्यबस्थापन समितिलाई कार्यक्रम दिन ईच्छुक भएका हुन ।                  
नेपाल हाउस  ब्यबस्थापन समितिले सउल र बुसान गरी २ वटा कार्यक्रम गर्ने भएको छ । उक्त  कार्यक्रम लाई भब्य रूपमा सफल बनाईदिनु हुन कोरियामा रहनुहुने सम्पुर्ण नेपाली समुदाय लाई  नेपाली सम्पर्क समिति हार्दिक अनुरोध गर्दछ ।
यसै गरी चिट्ठा कार्यक्रम गर्ने ईच्छुक संघ सस्थाहरूले नेपाली सम्पर्क समितिमा निवेदन दिन सक्नु हुनेछ ।

No comments:

Post a Comment