Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, December 26, 2014

नेपालमा कोरियन डे मनाइयो....

 यम श्रेष्ठ ,काठमाण्डौ 
  हिजो साँझ (पौष 11) काठमाडौ, बालुवाटार स्थित अमरपाली बन्केट इभेन्ट हलमा नेपालमा बसोबास गरिरहेको आप्रवासी कोरियनहरुको एक  मात्र संस्था "THE KOREAN ASSOCIATION IN NEPAL" को आयोजनामा कोरियाली दिवस(KOREAN DAY)
को आयोजना गरिएको थियो!

यस कार्यक्रम नेपालको लागि कोरियाली राजदुत, इ पि एस डाइरेक्टर, कोरियाको विभिन्न संघ संस्थाको प्रतिनिधि र कोरियन ब्यबसायीहरुको बाक्लो उपस्थिति रहेको थियो!बिगतमा खासै उपलब्धि मुलक कार्य गर्न नसकेको र निस्क्रिय सरह रहेको यस संस्थाले अब आउँदा दिनमा निरन्तर सक्रिय भूमिका निर्वाह गरेर सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्दै अघि बढ्ने यस संस्थाका अध्यक्ष इम जोंग बम (임 종 범) ले जानकारी गराउनु भएको थियो!

नेपालमा हाल (700 जना)सात सय जनाको हाराहारीमा परिवार सहित नेपालमा स्थायीरुपमा बसोबास गरिरहेको र प्रत्येक वर्ष औसतमा (30000 जना) तिस हजार जना जति कोरियन नागरिक भ्रमणको निम्ति नेपाल आउने गरेको नेपालको निम्ति कोरियन राजदुत छ्वे योङ् जिन (최 용 진 ) ले बताउनु भयो!
कोरियनहरुले यस कार्यक्रममा नेपाली कोरियन नृत्य तथा गायन कला प्रस्तुत गरेर यस कार्यक्रममा उपस्थित अथितिहरुलाई मनोरंजन प्रदान गरेका थिए! भने यस कार्यक्रममा नेपालको तर्फबाट मिनोद मोक्तानले कार्यक्रम संचालनमा दोभासेको भूमिका निर्वाह गर्नुका साथै नेपाली कोरियन गीतहरु गाएर सबैलाई थप मनोरंजन दिनुका साथै कार्यक्रमको रौनक बढाउनु भएको थियो!
    नेपालीहरुलाई पनि यस संस्थाको सल्लाकारको भूमिका प्रदान गर्दै नेपालमा रहेका कोरियनहरु एकृकित भइ सामाजिक सेवामुलक काममा अघि  बढ्न खोजिरहेको यस संस्थाको उतरोतर प्रगतिको निम्ति शुभकामना!

No comments:

Post a Comment