Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, December 6, 2014

बुसानमा २५ औं एसियन सम्मेलन हुँदै

कृष्ण पुरी,नमस्ते नेपाल कोरिया संवाददाता ,
डिसेम्बर,०६ ,२०१४
कोरियाको बुसानमा आउदो डिसेम्बरमा २५ औं एसियन सम्मेलन हुदै छ l  
दक्षिण कोरिया र एसियन  देश बिच कूटनीतिक सम्बन्धको  २५ औं वार्षिकोत्सव अवसरमा सम्मेलन हुने भएको छ ।

डिसेम्बर  ११ र १२  मा चल्ने उक्त सम्मेलनमा  - ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्यान्ड र भियतनाम - देश हरु सग्लग्न हुनेछन् ।
राष्ट्रपति पार्क गुन हे ले  दक्षिणपूर्वी एसियाली राष्ट्रसंघ १० सदस्य देशहरुको नेतृत्व गर्नेछिन ।
आ-आफ्नो साझेदारी समीक्षा र द्विपक्षीय सहयोग विस्तार तथा रणनीतिहरु बारेमा  छलफल गरिने र जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र सुरक्षा समस्याहरु अझ समन्वित ढंगले अगाडी बढाउने जस्ता बिषयहरु समाबेस हुने  कोरियन संचार श्रोतहरुमा उल्लेख छ ।
उक्त सम्मेलनमा करिब ३ हजार बढी  नीति निर्माण विज्ञहरु , उद्यमी, कलाकार तथा अन्य  विज्ञहरू, चित्र तथा मूर्तिहरू प्रदर्शनी ,  सीईओ शिखर सम्मेलन, विज्ञान प्रविधि सम्मेलन, युवा मंच, फिल्म महोत्सव, प्रदर्शनका बिबिध पक्षहरु  समावेश हुनेछन l

No comments:

Post a Comment