Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, December 2, 2014

धरान कोरिया सहयोग समितिले नयां बर्षमा डान्स पार्टीको आयोजना गर्ने

ऐश्वर्य श्रेष्ठ,सोल ।
धरान कोरिया सहयोग समिति दक्षिण कोरियाले नयां बर्ष २०१५को उपलक्ष्यमा न्यू ईअर डान्स पार्टी २०१५ को आयोजना गर्ने भएको छ ।

धरान कोरिया सहयोग समिति दक्षिण कोरियाले धरान भ्यू टावर निर्माण सहयोगार्थ आगामी डिसेम्बर २७ तारिख शनिबारको दिन डान्स पार्टी गर्ने भएको हो ।डान्स पार्टी बेलुका छ बजेदखि शुरु हुनेछ ।
सोल तुंगदेमुनस्थित रहेको नेपाली रेस्टुरेण्ट रेशम फिरिरीमा कार्यक्रम गर्ने भएको धरान कोरिया सहयोग समितिले बताएको छ ।  नयां बर्षको शुभकामना आदानप्रदान गर्नुका साथैं कोरियामा रहेका धरानेहरुबीच एकआपसमा भाइचाराको संबन्ध बढाउन र भ्यू टावर निर्माण गर्न डान्स पार्टीको आयोजना गर्न लागिएको धरान कोरिया सहयोग समिति दक्षिण कोरियाका अध्यक्ष डम्बर सुब्बाले बताए ।

No comments:

Post a Comment