Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, December 24, 2014

कोरियामै पहिलो "नेपाली पुस्तकालय" स्थापना हुदै

कृष्ण पुरी ,नमस्ते  नेपाल कोरिया सम्वाददाता 
२४ डिसेम्बर, २०१४ l

दक्षिण कोरिया एक अति  बिकसित देशको  रुपमा अगाडि बढ्नु  र यहाँको तिब्र बिज्ञान प्रविधिको बिकासको प्रभाव सगै यहाँ विभिन्न पेसामा रहेका  नेपालीहरुमा पनि बिकसित भावना एबम  सिर्जनशील  कार्यहरुको थालनी भएको छ l

दक्षिण कोरियामा स्थापना कालदेखि नै बहुसंख्यक  नेपालीहरूको साझा सामाजिक  सस्थाको रूपमा परिचित  फेन्तेक माईग्रेन्ट सेन्टर नेपाली समिति द्वारा  सम्भवत कोरियामै पहिलो "नेपाली पुस्तकालय" स्थापना गरिने   भएको छ l

  विशेषगरी कोरियामा रोजगारीको क्रममा रहेका नेपालीहरुलाई लक्षित गर्दै उक्त पुस्तकालयको अवधारणा ल्याइएको र प्राय सार्बजनिक बिदा तथा शनिबार,आइतबार कम्पनी  बिदा हुने समयमा अध्ययन गर्न सकिने गरि ब्यबस्था मिलाइने भएको छ l नेपालबाट  झन्डै  २००  थान पुस्तकहरु ल्याइसकिएको र अझै निरन्तर आवस्यक पुस्तकहरु खरिद गरिने कार्यक्रम रहेको छ l  साथै कोरियामा रहेका  नेपालीहरुसग  भएका पुस्तकहरु पनि संकलन गरिएको र क्रमश आर्थिक सहयोग तथा पुस्तक  संकलन अभियान जारि राखिएको छ l

 पुस्तकालयबाट सदस्यता तथा दर्ता प्राबधान अनुसार पुस्तकको  संख्या हेरी बढीमा १ महिना स्वाध्ययनको लागि लैजान सकिनेछ l उक्त पुस्तकालयमा विश्व विख्यात व्यक्तिहरु द्वारा लिखित बौद्धिक, आर्थिक, मानसिक,  स्वास्थ्य जस्ता  विभिन्न विधाका  पुस्तकहरु उपलब्ध रहेका छन् l
रोजगारीको जीवनसगै  सकारात्मक  सोच, क्षमता विकास गर्न र फुर्सदको समयलाई मुल्यवान बनाउन उक्त पुस्तकालय स्थापनाको पहल गरिएको केन्द्रले जनाएको  छ l
उक्त  माईग्रेन्ट सेन्टर मार्फत नेपालमा र कोरियामा  विभिन्न सामाजिक सेवा, सहयोगहरु  गर्दै आइरहेको र  आपत् बिपतमा परेका  दर्जन भन्दा बढि नेपालीहरूलाई खान बस्न सहितको आश्रय, सहयोग तथा परामर्श पनि  दिदै आईरहेको छ।
उक्त समितिद्वारा  पुस्तकालय ब्यबस्थापन सम्बन्धी सम्पूर्ण  तयारी पुरा भएको र अंग्रेजी नया वर्ष २०१५ देखि संचालनमा ल्याउनको लागि   आउदो डिसेम्बर २८ गते आइतबार "नेपाली पुस्तकालय समुध्घाटन" कार्यक्रम राखिएको  जानकारी गराउदै उक्त दिन  बिशेष अतिथिहरुसहित   कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि तथा सम्पूर्ण महानुभावहरुलाई समयमै उपस्थित भइदिनुहुन अनुरोध गरिएको छ ।

बिशेष अनुरोध  :- यस "नेपाली पुस्तकालय" संचालनार्थ हाम्रो अभियानमा " एक व्यक्ति एक सहयोग" भन्ने नाराका साथ  यहाहरुले "आर्थिक सहयोग" तथा " पुस्तक  अनुदान सहयोग  " प्रदान  गर्न सक्नुहुनेछ l यहाहरुको सहयोग तथा सामाजिक सेवाको उच्च कदर  मुल्यांकन सहित  पुस्तकालयमा नामावली विवरण राखिने र संचार माध्यमबाट क्रमश प्रकाशित गरिनेछ l

 उद्घाटन कार्यक्रम तालिका :-
मिती: २०१४/१२/२८ तारिक  आइतबार l
समय: दिउसो १  बजे देखी l
स्थान :फेन्थेक माईग्रेंट सेन्टरको भवन( फेन्थेक यगबाट ५०० मिटर भित्र )
           संम्पर्क:-
-:  बिजुबिक्रम थापा (अध्यक्ष) - ०१० ६८५३१२२०
:- नारायण पाठक (सचिब) -०१० ६४१२२५१५

फेन्थेक माइग्रेन्ट सेन्टर
( नेपाली समिती , फेन्तेक, दक्षिण कोरिया )

No comments:

Post a Comment