Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, December 20, 2014

कोरियाले बिजुलीबाट चल्ने कार २ लाख पुर्याउने .

कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियाले विश्वमै  बढी किफायती ऊर्जा र पर्यावरणको अनुकूल बिषयलाई मध्यनजर गर्दै  अर्को-पुस्तासम्ममा  कार प्रवर्द्धन गर्ने उदेश्यअनुरूप सन् २०२० सम्ममा
 २ लाख संख्याको मात्रामा  बिजुलीबाट चल्ने कार  प्रयोगमा बढावा गर्न लागेको  छ।

शुक्रबार वातावरण मन्त्रालयको एक नवीकरण योजना अनुसार  जसमा बिजुली कारको व्यावसायीकरण, गति व्यापकताका उपायहरुको एक प्याकेज अनावरण, नयाँ प्रविधिहरू लगानी, सार्वजनिक संस्थाहरुको लागि कोटा साथै चार्ज स्टेशनहरु र बिक्रीवितरणका  लागि अन्य प्रोत्साहन विस्तार गर्ने योजना रहेको छ ।

उक्त योजना अन्तर्गत, आगामी २०१५ का लागि ३ हजार ब्याट्री पावर कारहरु संचालनमा ल्याउने र २०२० सम्ममा २ लाखको हाराहारीमा ब्याट्री-संचालित कार,ट्याक्सी, बस तथा ट्रक  बढावा र विविधीकरण गर्न प्रयास गर्नेछन्।
 मन्त्रालयको योजनाअनुसार अर्को वर्ष जेजुदो  द्वीपमा एक पाईलट कार्यक्रम सञ्चालन गर्ने योजना  सहित क्रमश  अन्य भागमा बिस्तार गर्ने लक्ष्य रहेको छ l


उक्त योजना अन्तर्गत  उच्च-दक्षता मोटर्स, ब्याट्री तापमान नियन्त्रण, माटो-मुक्त निर्माण, उच्च-दक्षता वातावरणनुकूलन र पूर्ण उच्च-भोल्टेज जस्ता  महत्वपूर्ण प्रविधिहरूको पनि खोज अध्धयन गर्ने रहेको योहाप न्युज लाई उधृत गर्दै द कोरिया हेराल्डमा जनाइएको छ l

No comments:

Post a Comment