Sunday, December 14, 2014

नेपाल हाउस सांगितिक महामेलामा मह जोडी सहित बिष्णु माझी आउने पक्का

भरत तुलाचन ,कोरिया 
आगामी सलनाल पर्वमा नेपाल हाउस ब्यबस्थापन समितिले आयोजना गर्न लागेको सांगितिक महामेला परोपकारी महायज्ञमा हास्य सम्रात द्दय मदन कृष्ण श्रेष्ठ र हरी वंश आचार्य (मह जोडी) सहित  लोक दोहोरी क्षेत्रमा सर्वाधिक चर्चामा रहेकी गायीका बिष्णु माझी नेपाल हाउस सांगितिक महामेलामा आउने पक्का भएको छ ।

गत शनिबार सांझ बसेको नेपाल हाउस ब्यबस्थापन समितिले छनोट गरेका कलाकारहरु मध्य बिष्णु माझी सबै भन्दा पहिला पक्का भएको हो । बिष्णु माझी यस्ता कलाकार हुन जसलाई बिदेशमा रहेका सयौ संघ संस्थाहरुले सांगितिक कार्यक्रममा बोलाउन खोजे पनि हाल सम्म नेपाल बाहेकको कार्यक्रम ईन्कार गर्दै आएकी थिईन । कोरियामा समेत लगभग सबै संघ संस्थाहरुले उनलाई ल्याउने पहल गरेता पनि सफल हुन सकेका थिएनन ।
नेपालीहरुको छनोटमा परेका कलाकारहरु संग एग्रीमेन्टको काम भई रहेकोले अन्य कलाकारहरु पनि क्रमशः यसै हप्ताको बुधबार सम्ममा पक्का हुने बताईएको छ । त्यस्तै अन्य कलाकारहरुमा पप,डान्स,रयाप लगायतका कलाकारहरुलाई ल्याउने तयारी भई रहेको छ । कार्यक्रम सउल र पूसानमा आयोजना गरिने छ ।

No comments:

Post a Comment