Wednesday, December 31, 2014

२०१५ को शुभकामना

कबिता 
-क्रिश गुल्मेली बाबू-

घर छोड़ी प्रदेश जीवन कस्तो-कस्तो हुने
नेपाली साल मान्नु छैन अंग्रेजी साल मान्नु पर्ने!

जानि-जानी भुलेकाछौ मनका यी पिंढाहरु
प्रदेशमा छौ हामी बढ़नै पर्छ नयाँ सालका ख़ुसीहरु!

दिन-रात संझनाले गर्दा हिर्दयनै पाक्ने गर्छ
मनमा उमँग ल्याउन लाई नयाँ साल सबैले मान्नै पर्छ!

मन भित्र जति चोट सहेर पनि ठिकछु भन्नु पर्छ
बितेका साल जे भएपनि यो साल राम्रो होस् भन्नु पर्छ!

हाँसी-खुँशी मनायौ सबै मनका दुःखहरु भुल्नु पर्छ
तपाईको लक्ष्य पुराहोस् यही शुभकामना सबैलाई दिनु पर्छ!
                    - क्रिश गुल्मेली बाबू
                          कोरिया

No comments:

Post a Comment