कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता -
दक्षिण कोरियाको इनचन अन्तरष्ट्रिय विमानस्थलमा आवतजावत गर्न संचालन गरिएको रेलमार्ग ज्यादै लोकप्रिय र आकर्षित भएको छ l
रेलमार्गका अधिकारी र यात्रुहरुको प्रतिक्रिया अनुसार यो मार्गले सौलका मुख्य भागहरु र गिम्पो अन्तर्राष्ट्रिय विमानस्थल जोड्नुका साथै छिटो र सुविधाजनक हुनाले प्रभावकारी हुदै बिदेशीहरुलाई लोभ्याईरहेको बताईएको छ l
विमानस्थल आगमन गेट देखि पाँच मिनेट पैदल यात्राको दुरीमा रहेको यो रेलमार्ग स्टेसन ननस्टप र नियमित गरि दुई प्रकारको रेलवेमा संचालित छ। यो लगातार (ननस्टप) रेल ४३ मिनेटमा इनचन एयरपोर्ट देखि सियोल स्टेशन पुग्छ। यसमा व्यक्तिविशेषको लागि सिट आरक्षित छ।
अर्को नियमित रेल सियोलका मुख्य क्षेत्र भएर एक घण्टा भन्दा कममा ११ स्टेशनहरु पार गर्दै संचालनमा छ ।
उक्त लगातार ( ननस्टप ) रेलको भाडा ८००० वन छ भने ४ जना भन्दा बढी मानिसहरूको समूहका लागि प्रति व्यक्ति ६००० वन तोकिएको छ र नियमित रेलको भाडा ४०५० वन छ।
यात्रुहरुको सुबिधा तथा भ्रमणको सुलभताको लागि सेवा प्रदान गर्न मुख्य ५ स्थानहरु इनचन बिमानस्थल, गिम्पो विमानस्थल , होंगिक विश्वविद्यालय ,गान्ड़ोक स्टेशन र सियोल स्टेशनमा टेलिफोन बूथ स्थापित छ।
सहायताको लागि १३३० मा कल गर्न सकिने जुन अंग्रेजी, जापानी र चिनियाँ भाषामा २४ सै घन्टा सेवामा उपलब्ध रहेको जानकारी कोरिया पर्यटन अर्गनाइजेसन ले जनाएको छ

No comments:
Post a Comment