Saturday, November 1, 2014

गुल्मी सम्पर्क समितिले कोरियाका गुल्मेलीहरु डाटा संकलन गर्ने।

नमस्ते नेपाल कोरिया संवाददाता 
गुल्मी सम्पर्क समिति द-कोरियाले गुल्मी जिल्लाका नेपाली साथीहरु कोरियामा कति छन् भनेर दाता संकलन गर्ने भएको छ l

कोरियामा रहनुहुने  संपूर्ण गुल्मेलीहरुलाई एक मालामा गांस्नको लागी , गुल्मेलीहरु कोरियामा कति जना छन   भनेर यकिन डाटा नभएकोले  डाटा संकलन  अभियान सुरु  गर्न लागेको संस्थाका अध्यक्ष प्रेम ज्ञवालीले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए । अध्यक्ष ज्ञवालीले   काम लाई राम्रो र सफल बनाउनको निम्ति सबै गुल्मेलीहरुलाइ  हाम्रो सम्पर्कमा आईदिनु हुन बिनम्र अनुरोध गर्नु भएको छ l

सस्थाको हालको योजना 
१)गुल्मेलीहरु सबैको डाटा संगकलन गर्ने।
२)सबैलाई ID कार्डको ब्यबस्था गर्ने।
३)गुल्मेलीहरुलाई दुःख परेको बेलामा  सक्दो सहयोग गर्ने।

पुनश्च:-गुल्मी क्षेत्र न.१ ,२,३,बाट कोरिया मा रहेका गुल्मेलीहरुको डाटा संकलन गर्नको निम्ति जिम्मा लिनु भएका साथीहरुले यो काम लाई निरन्तरता दिनु होला। 

No comments:

Post a Comment