Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, November 19, 2014

सफल व्यवसायी बन्ने लक्ष्य छ - यम श्रेष्ठ

यम श्रेष्ठ
युवा व्यवसायी
संखु काभ्रे   , हालः काठमाडौं

- आजभोलि के के काम गरिदै छ ??
आजभोली कम्पनीको काममा ब्यस्त छु । र बचेको समयमा सामाजिक कार्य पनि गर्दै आइरहेको छु ।
- तपाईको ब्यबसाय कस्तो खालको हो ? कस्तो चल्दै छ ?
हामी रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेर केहि बर्ष बिताएर फर्केका युवाहरुद्धारा संयुक्त रुपमा लगानी गरी बिदेशमा सिकेको अनुभब, ज्ञान र सिपलाई आफ्नै भूमिमा विभिन्न बहुउद्देश्य बोकेर केहि उदाहरणीय सन्देशमुलक कार्य गर्ने सोचले स्थापित कम्पनी हो । सुरुको अबस्था हो, तर पनि राम्रै गति लिइरहेको छ ।
- कोरियाको उत्पादन नेपालमा किन भित्राईयो ? कस्तो छ यसको माग ?
हामीले कृषि क्षेत्रमा नै आधार बनाएर काम गर्ने सोच भएकोले गर्दा अनुसन्धान पश्चात कफी खेतीको नेपालमा प्रवल सम्भावना र बिदेशमा अत्यधिक माग रहेकोले यस तर्फ हाम्रो ध्यानाकर्षण भयो । नेपालमा कफी खेतीको सम्भावना धेरै भएता पनि यो खेति नेपालमा ब्यबसायीकरण नभएकोले र नेपालमा कफी पिउने संस्कृति पनि नभएको हँुदा केहि समयको लागि कोरियाको उत्पादित ३ इन १ मिक्स कफि आयात गर्ने निर्णयमा पुगेका हौं । तर हाम्रोे लक्ष्य यहाँ आफैले कफी फार्मिङ्ग गरेर कोरिया लगायत अन्य मुलुकमा निर्यात गर्ने र हाल कोरियाबाट आयात गरेको स्प्रेंजा ब्राण्डको कफि कम्पनीसँग कोलाब्रेसनमा नेपालमै उत्पादन गर्ने रहेको छ । छिटो, छरितो, स्वादिलो र सस्तो भएकोले गर्दा कफिको पारखीहरुको एकदमै उपयोगी छ । चियाकै भाउमा कफी पिउन पाइने हुँदा माग राम्रै रहेको छ ।
- तपाई कोरिया बसेर आउनुभाको किन फेरी जानु भएन ?
हामी धेरै सदस्य भएकोले गर्दा आलोपालो तरिकाले कम्पनी संचालन तथा ब्यबस्थापन गर्छौ । त्यसैले कोहि साथीहरु मेरो जिम्मेवारी बहन गर्न आएको अबस्थामा म पुन कोरियामा जान सक्छु । र कम्पनी लगायत अन्य काम बाहिरबाट पनि गर्न सक्छु । यहाँ कम्पनीलाई स्थापित गराउनुपर्ने र केहि अन्य संस्थागत जिम्मेवारीले गर्दा कोरिया नफर्केको हुँ ।
- तपाईंले ब्यबसाय सँगै समाज सेवा पनि गर्दै हुनुहुन्छ ?? यो चाही किन ?
हामी यस ग्रुप कोरिया रहँदा देखिनै सामाजिक कार्यमा सक्रिय थियौ र नेपालमा फर्केपछि पनि ब्यबसायिक कार्य मात्र नगरी ब्यबसायबाट आर्जित आम्दानीबाट र व्यक्तिगत रुपमा केहि अंश अथवा सकेको सहयोग निस्वार्थ रुपमा सामाजिक कार्यमा पनि लगाउने हाम्रो सोच थियो । कोरियामा रहँदा बस्दा यस्तै सामाजिक अभियन्ताको रुपमा धेरै लागिप¥यौं । तर नेपालमा आधिकारिक रुपमा संस्था (फाउन्डेशन) दर्ता गरेर सामाजिक कार्यमा निरन्तरता दिने हाम्रोे कोरिया रहँदा देखिकै सपना हो ।
- नेपालका युवा वर्ग ब्यबसायिक बन्न नसक्नुको कारण के होला ? देशमा रोजगारीको अवसर सिर्जना कसरी गर्न सकिन्छ ?
मेरो व्यक्तिगत बिचारमा देशमा राजनीतिक अस्थीरता, नीति नियम नहुनु, युवाहरुलाई ब्यबसायिक ऋण, कर्जा, अनुदान लगायतका सेवा सुबिधा र तालिम सरकारबाट प्रदान नगर्नु, लगानीको सुनिश्चित नहुनु, देशमा रोजगारीको सिर्जना नहुनु र युवा शक्तिको एकत्रित भावना र विदेश जाने सोच लहड बढेकोले गर्दा पनि नेपालको युवा बर्ग ब्यबसायिक बन्न नसकेको भान हुन्छ । बिदेशी लगानीको उचित बाताबरण, बिदेशबाट फर्केका र नेपालमा नै रहेर ब्यबसाय गर्ने चाहनेलाई प्रोत्साहन, ऋण अनुदान, राजनीतिक हस्तक्षेपबाट मुक्त, उद्योगधन्दाहरु संचालनमा सहजता र स्वरोजगारीको निम्ति सरकारद्धारा विभिन्न तालिमको ब्यबस्था आदि भएमा रोजगारीको अवस्था सृजना हुन्छ ।
- नेपालका युवाले भ्एक् मार्फत कोरिया जान मरिहत्ते गर्नुको कारण के हो ? वास्तवमा कोरियामा नेपालीको अवस्था कस्तो छ ?
    बैधानिक रुपमा थोरै लगानीमा बैधानिक तरिकाले अन्य खाडी मुलुकको तुलनामा कमाइको हिसाबले राम्रोे र सुरक्षित रोजगार गन्तब्य मुलुक भएर पनि होला कोरिया जान चाहनेहरुको भिड बढेको कारण कोरियामा समग्रमा हेर्दा नेपालीको अवस्था राम्रै छ । तर नेपालीको संख्या बढे अनुरुप त्यहाँ त्यतिकै मात्रामा बिभिन्न समस्या पनि बढिरहेको छ । पछिल्लो समयमा कामदारको हित बिपरीत र त्यहाँको कम्पनी मालिकको हितमा नियम बन्नु आदि बिभिन्न कारणले गर्दा केहि अप्ठ्यारो सिर्जना भएको छ ।
- भबिष्यमा तपाईको लक्ष्य के हो ? देश बदल्न युवाको भूमिका र बन्ने संबिधान कुन महत्वपूर्ण हुन्छ ? कसरी ?
    एक सफल ब्यबसायी र सामाजिक सेवामा सक्रिय अभियन्ता बन्ने लक्ष्य छ । युवा भनेको देशको खम्बा हो । भोलि देशको खाका कोर्ने र देश बिकासको अहम् भुमिका निर्वाह गर्ने भनेको युवा हो । युवाको जोश जाँगरमा देशले नयाँ काँचुली फेर्न सक्छ । त्यसैले युवा बर्गलाइ प्राथमिकतामा राखेर संविधानमा उल्लेख भएमा अझ राष्ट्रको लागि फाइदाजनक हुनेछ । किनभने राष्ट्र निर्माण र राष्ट्रलाई प्रगतिको पथमा लम्काउन युवा जोश जाँगर, नयाँ सोच र शक्तिको आवश्यकता हुन्छ ।
- सेक्स भन्नाले के बुझ्नु हुन्छ ? यसको उपयोग कस्तो हुनु पर्छ ?
    यो प्राकृतिक जीवन चक्रको नियम हो भन्ने बुझ्दछु । यसको सहि र सकारात्मक उपयोग हुनुपर्दछ । यसको सहि उपयोगले परिवार, समाज र देशलाई सन्तुलनमा राख्छ । तर यसको दुरुपयोग भएमा समाज कलंकित हुन्छ र बिकृति भित्रन्छ ।
- अन्तमा पत्रिका मार्फत .......
    युवा जोश जाँगर भनेको देश परिवर्तन गर्न सकिने, बिकाशको ज्योति छर्न सक्ने, सम्पूर्ण राजनीतिक अबस्थालाई परिवर्तन गर्न सकिने, देश बिकासको आधार र समय अनुकुलको सुचक भएको कारणले गर्दा पनि बिशेष महत्वपुर्ण भूमिका रहेको हँदा युवाहरु एकजुट भएर सकारात्मक ढंगले राष्ट्र निर्माणको निम्ति केहि सोचौ र अमुल्य जीवनमा सदा सर्वदा जीवित रहन सामाजिक परोपकारी भावनाको सृजना गरेर निस्वार्थ रुपमा सकेजतिको देश र समाजप्रति उत्तारदायी बन्नको निम्ति सबै युवाबर्गमा आग्रह गर्दछु ।
प्रस्तुति -लक्ष्मण तिमल्सिना

No comments:

Post a Comment