Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, November 13, 2014

कोरियामा आज बिश्वबिद्यालय प्रवेश परिक्षा सम्पन्न

कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता -
११ नोभेम्बर

६ लाख् ४० हजार भन्दा  बढी बिध्यार्थी सम्मिलित 
दक्षिण कोरियामा आज बिश्वबिद्यालय प्रवेश  परिक्षा सम्पन्न भएको छ |
यो परिक्षालाई दक्षिण कोरियामा बिश्व बिधयालय प्रवेश गर्ने मुख्य द्वारको रुपमा हेरिने गर्दछ
 कलेज प्रवेश गर्न लिइने यो परीक्षा बार्षिक रुपमा संचालन गरिने र ज्यादै महत्वपूर्ण प्रवेशद्वारको रुपमा हेरिन्छा l उक्त परिक्षा  १२१६ स्थानमा हजारौ सुरक्षाकर्मीहरुको बिसेष सहयोग र  सुरक्षामा भएको थियो l
ट्राफिक जाम घटाउन  बिध्यार्थीहरुको सुबिधाको लागि मध्यनजर गर्दै धेरै जसो मुख्य कम्पनीहरु, बैंक , आदि कार्यालयहरु  १ घण्टा ढिलो खोल्ने निर्णय  गरिएको थियो l परिक्षा केन्द्र देखि २०० मिटर क्षेत्रमा सवारी निषेध गरिनुका साथै सवारी साधन तथा बायुसेवा पनि परीक्षालाई बाधा नहोस भनि केहि संबेदनशील क्षेत्रमा होल्डमा राखिएको थियो l

शिक्षा मन्त्रालय अनुसार  यस परीक्षामा  ६ लाख ४० हजार भन्दा बढी आबेदन रहेको र पाँच क्षेत्रका बिषयहरु (कोरियन भाषा ,गणित, अंग्रेजी, सामाजिक बिज्ञान तथा बातावरण , र बिदेशी भाषा ) को आजको दिनमै सम्पूर्ण बिषयहरुको एकै चोटी परिक्षा  ८ बजे देखी ५ बजेसम्म सम्पन्न गरिएको थियो  | आजको दिनमा अभिभावकहरु आफ्नो सन्तानको परीक्षा सफल र राम्रो होस् भनेर भगवानसंग प्रार्थाना गर्नुका  साथै  बिभिन्न गुम्बा, चर्च आदिमा गएर ध्यान  र परिक्षा सम्पन्न नभएसम्म बाहिर कुरेर बसीरहेका थिए l आज  अभिभावकहरु आफ्ना छोराछोरीलाई प्रोत्साहन  दिदै, खुसि प्रदान गर्दै र टेस्ट अवधिभर बाहिर शान्तपूर्ण रुपमा प्रतिक्षामा रहेका थिए l  आजको दिन बिधार्थी र अविभावकहरुले बिशेस रुमपा लिने गर्दछन |


यस परिक्षाले  २०१५  शैक्षिक वर्षको लागि  विश्वविद्यालयहरुमा  प्रवेश गर्न  निर्धारण गर्नेछ। यस  टेस्ट परिक्षाको  नतिजा स्कोर डिसेम्बर बीचतिर प्रकाशित गरिने शिक्षा मन्त्रालयले जनाएको छ l
विश्वविद्यालय भने  आगामी वर्षको मार्चबाट सुरु हुनेछ l

No comments:

Post a Comment