Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, November 18, 2014

डाइनामिक मोरंग कमिटीद्वारा बिरामी एलिसा धिमाललाइ आर्थिक सहयोग हस्तान्तरण

बाबु राम पोखरेल [भान्जाबाबु ],दक्षिण कोरिया 
‘बाबा मबाच्न चाहन्छु, मलाई बचाइदिनुहोस्’ खाटमा सुतिरहेकी बालिका एलिसा धिमालको रोदनले उनको परिवारमा सन्नाटा छाएको थियो । दलिनमा बसेका उनका बाबुआमासँग पुर्पुरोमा हात राख्नु सिवाय कुनै विकल्प थिएन । छोरीको विलौना सुन्न सक्ने एकातिर अवस्था छैन भने अर्कातर्फ उपचार खर्च कसरी जुटाउने दोहोरो चिन्तामा डुबेका थिए, धिमाल परिवार ।

मोरङको उर्लाबारी–४ स्कुलडाँडाकी ११ वर्षीय बालिका एलिसा धिमाल उपचारको लागि छटपटाई रहेकि थिइन। राजघाट–१ स्थित लक्ष्मी माविमा कक्षा ४ मा अध्ययनरत बालिका एलिसाको साथीहरूसँग खेल्ने क्रममा अकस्मात खुट्टामा ुइन्फेक्सनुभएको थियो । अत्यन्तै विपन्न अवस्थाका तोरबहादुर धिमालले सुुरूमा छोरीको चोटलाई सामान्य रूपमा लिए पनि यतिबेला बालिका एलिसाको अवस्था गम्भीर बनेको छ ।रिक्सा चलाएर दैनिक जीविकोपार्जन गर्दै आएका तोरबहादुर छोरीको उपचार खर्चको अभावमा यतिबेला भौतारिइरहेका छन् । अर्काको घरमा ुजनमनु गर्ने धिमालले सम्पत्तिका नाममा आफूसँग भएको एक हल गोरू चालिस हजारमा बिक्री गरी छोरीको उपचार गरेपनि स्वास्थ्यमा सुधार नआएको बताउनु भयो । यो खबर सगैं केही सहयोग गरौं भन्ने हेतुकासाथ द.कोरियामा विभिन्न पेशामा रहेका मोरंगवासिहरुको संगठन डाइनामिक मोरंग कमिटीले हेमन्त खतिवडाको संयोजकत्वमा रु. ३५७००.........रकम संकलन गरि मिति२०१४/११/१६.. मा डाइनामिक मोरंग कमिटिका नेपाल स्थित प्रतिनिधि भुवन तिम्सिना,ज्ञानु खनाल र डिल्ली दहाल द्वारा वालिकाका वुवा तोर ब.धिमाललाई सहयोग रकम हस्तान्तरण गरिएको संयोजक हेमन्त खतिवडाले जानकारी दिनुभएको छ।


No comments:

Post a Comment