Wednesday, November 5, 2014

किम युना मानार्थ खेलकुद दुतमा चुनीईन्

कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता -
पूर्व ओलम्पिक विश्व चर्चित स्केटर किम युना प्योंग्चांग ( Pyeongchang)  मा हुने प्रतियोगिताको लागि मानार्थ खेलकुद दुतमा चूनिएकी छन् l उनि  दक्षिण कोरियामा   आयोजित २०१८ को शीतकालीन ओलम्पिक खेलकुदमा (Winter Games) दुतको रुपमा  छानिएकी हुन् l

२४ बर्षीय किम,  २०१० मा दक्षिण कोरियाको पहिलो ओलम्पिक स्केटिंग स्वर्ण पदक विजेता बनेर
त्यसपछी सोची प्रतियोगितामा  सिल्भर मेडलिस्ट विजेता हुदै विश्वभर चर्चामा आएकी हुन् l अक्सर उनको प्रशंसकहरु उनलाई  "रानी युना " Queen Yuna भन्न रुचाउछन् l  किम दक्षिण कोरियाको  सबैभन्दा लोकप्रिय खेल स्केटिंगमा धेरै लोकप्रिय छिन र  धेरै विज्ञापनहरुमा प्रकट भएकी  छन । उनको हालको  मूल्य $ २१ लाख रहेको अनुमान छ।

"एक पूर्व विन्टर  खेल खेलाडी र एक दक्षिण कोरियाली नागरिकको हैसियतमा म मेरो देशमा विन्टर खेलहरु आयोजना  गर्न र  योगदान गर्ने अवसर पाएकोमा  धेरै खुसी छु,"  किमले  मङ्गलबार एक   पत्रकार सम्मेलनको बयानमा उल्लेख गरेकी छन् l  "म तीन वर्ष पहिलेको क्षणहरु  सम्झदै खेल आयोजक  समिति संग काम, र म अझैपनि जीवन्त सक्रिय भएर  प्योंगचांगमा  रोमाञ्चकारी भूमिका निर्बाह  गर्न तत्पर रहेको छु । " उनले थपिन l २०१८ को शीतकालीन ओलम्पिक खेलकुदका लागि   १३ स्थानमा  प्रतियोगिता हुने  छ l
किम वर्तमान उच्चतम उचाई भएको महिलाहरु मध्ये  'स्वतन्त्र स्केट स्कोर (150.06 अंक) र संयुक्त कुल स्कोर (228.56) सहित विश्व रेकर्ड छ ।

No comments:

Post a Comment