Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, November 30, 2014

इपिएस समस्याप्रति वैदेशिक रोजगार विभागका महानिर्देशक अनभिज्ञ

मञ्जु गुरुङ ,दक्षिण कोरिया -
नेपाल सरकार वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालले दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको समस्याप्रति आफु अनभिज्ञ रहेको बताएका छन् ।

 कोरियास्थीत नेपाल राजदूतबासले आइतबार आफ्नै हलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक ढकालले विभागमा अहिलेसम्म कोरियामा काम गर्ने श्रमिकहरुबारे लिखित तथा मौखिक कुनै पनि समस्या नआएको बताएका हुन् । महानिर्देश ढकालले कोरियामा काम गर्न आएका नेपाली कामदारहरु अन्य देशको तुलनामा धेरै भाग्यमानी भएको भन्दै सरकारको ध्यान खाडी मुलुकको मात्रै समस्या समाधान गर्न केन्द्रित रहेको बताए । कार्यत्रममै श्रम सहचारी अनिल गुरुइ०ले कोरियामा नेपाली कामदारको समस्या र समाधान बारे दूतबासले तयार पारिएको प्रतिवेदन सरकारलाई पठाएको जानकारी दिए पनि केही क्षण पछि नै महानिर्देशकले आपूmले कुनै प्रतिवेदन नपाएको बताए । कोरियाको कामदारको विविध समस्या पहिलो पटक थाहा पाएको भन्दै उहाँले आजको भोलि नै यी समस्याहरुको समाधान गर्न नसक्ने भएकाले सम्झौता गर्नुपर्ने सुझाव दिए ।  व्यवहारगत समस्याको लागि भने सरकार भन्दा पनि व्यक्तिगत नै बढी जवाफ देहिता हुनुपर्ने बताए । उहाँले इपिएसको कोटा बढाउन सरकारले जोड दिएको स्पष्ट पार्दै समस्या समाधान गर्न नेपाल सरकारको भन्दा कोरिया सरकारको नै बढी हात रहेको बाध्यता पनि तेर्साए । तर कार्यक्रममा इपिएसमा लागु गरिएको उमेर हद हटाउनु पर्ने, भाषा अध्ययनमा परिमार्जन गरिनुपर्ने, कोरियाका यथार्त जानकारी हुने श्रब्य दृश्य मार्फत तालिम उपलब्ध गराउनु पर्ने , कामदारप्रति मालिकबाट गरिने मानसिक तथा शारिरीक दूरव्यहारलाई हटाउन पहल गरिनुपर्ने, कृषी भिषा र महिलामाथि हुने अमानविय व्यवहारको अन्त्य गरिनुपर्ने र दुर्घटनामा परेका तथा मृत्यकका परिवारलाई राहत उपलब्ध गराउन कोरियामा कार्यरत कामदारबाटै रकम संकलन गरी राहत कोष स्थापना गर्नपर्ने जस्ता माग र समस्याको चर्चा विभिन्न संस्थाका प्रतिनिधिहरुले गरेका थिए । कार्यक्रममा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुनाथ काफलेले वैदेशिक रोजगारबाट भित्रिएको लगानीलाई व्यवस्थीत गर्न एनआरएनसंग मिलेर उचित नीति तर्जुमा गर्न लागेको जानकारी गराए । खाडी मुलुकका कामदारको पेशा अनुसारको समस्या समाधान गर्न बोर्डले पहल गरे पनि इपिएस भने यसमा नपरेको जानकारी पनि दिए । कार्यक्रममा एनआरएन कोरियाका अध्यक्ष विनोद कुवर, नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राई, आदिवासी जनजाति महासंघका अध्यक्ष भक्त शेरचन, महिलाका लागि महिलाका अध्यक्ष मल्लिका थकालीलगायत विभिन्न संस्थाका पदाधिकारीहरु सहभागि भएका थिए । महानिर्देशक ढकाल र निर्देशक काफले कोरियाबाट नेपाल फर्केका कामदारलाई व्यवस्थीत गर्न बारे छलफल गर्न एचआरडीको निमन्त्रणामा कोरिया आएका हुन् ।  

No comments:

Post a Comment