Monday, October 27, 2014

कोरीयामा पनि कफी बढ्दो आयात हुने l

कृष्ण पुरी ,दक्षिण कोरिया l
 दक्षिण कोरियामा कफी एक महत्वपूर्ण पेय पदार्थ र बढी प्रचलनमा रहेको छ l हरेक उमेर पेसामा रहेका  व्यक्तिहरु कफी दैनिक २/३ पटक पिउन रुचाउछन् l यहाँ रहेका बिदेशीहरु पनि कफी मन पराउछन् l यहाँ  विभिन्न ब्रान्डको कफी उत्पादन हुनुका साथै अन्य देशबाट  अत्याधिक मात्रामा कफी आयात र निर्यात पनि  गरिन्छ l

 कोरियामा भन्सार सेवा बिभागले गरेको एक सर्वेक्षणको तथ्यांक अनुसार आगामी बर्ष कफीको सर्बाधिक उच्च मात्रामा आयात हुने अनुमान  द कोरिया हेराल्ड अंग्रेजी पत्रिकाले उल्लेख गरेको छ l

यस बर्ष जनुअरी देखि सेप्टेम्बरसम्मको अवधीमा ९९,३७२  टन तौल बराबरको आयात गरिएको  थियो ।
यो  २१.०२ प्रतिशत झन्डै ३८२ मिलियन डलर मूल्य बराबरको रहेको थियो l
 यो आंकडा पछिल्लो वर्ष त्यहि अवधिमा ८३,६९३  टन को तुलना मा १८.७  प्रतिशत थियो। सन्  २०११  मा  ९२,०४०  टन आयात रेकर्ड  थियो l १९९० देखि यताको उच्च आयात  रेकर्ड नै २०११ को उल्लेख थियो l यस तथ्यांकलाई हेर्दा आगामी बर्ष अझ कफी आयात हुने सहजै आंकलन गरिएको छ l
एजेन्सीको विवरण अनुसार कोरिया भर बढ्दो कफी खपत भईरहेको र हालैका वर्षहरूमा अझ कफी पसल बिस्तार हुदै गईरहेको छ। कोरियामा बढ्दो मात्रामा ब्राजिल, कोलम्बिया, होन्दूरस, पेरु र भियतनाम देखि सबैभन्दा बढी कफी आयात हुने गरेको जनाईएको छ

No comments:

Post a Comment