Tuesday, October 28, 2014

कोरियामा म्ह पुजा तथा नेपाल सम्बत कार्यक्रम सम्पन्न (फोटो फिचर सहित )

     रमेश खावाजु ,दक्षिण कोरिया l
नेवा पुचः दक्षिण कोरियाको आयोजनामा अक्टोबर २६  तारिक आइतबारका दिन सउलको दोङदेमुन स्थित कुमारी रेष्टुरेन्टमा सामुहिक म्ह पुजा तथा नेपाल सम्बत ११३५  कार्यक्रम सम्पन्न भएको छ  l

नेपालमा  नेवारी समुदायमा म्ह पुजा अर्थात् आफ्नो शरीरलाइ आफैले पुजा गर्ने प्रथा ठुलो पर्वको रुपमा मनाउने चलन छ l  नेवारी समुदायमा परिवारका प्रत्येक सदस्यले नुहाई , नंया बस्त्र लगाई मण्डलको अगाडी लहरै बसेर फुल ,अक्षताले आफैले आफैलाइ गर्दा(म्ह पुजा ) गर्दा सु-स्वास्थ्य राम्रो हुने बिश्वास गरिन्छ l  त्यस्तै  "विदेशमा पनि हाम्रो कला र संस्कृति बचाउँ l " भन्ने नाराका साथ नेवा पुचः कोरियाले पनि हरेक बर्ष म्ह पुजाका कार्यक्रमहरु गर्दै आइरहेको छ l  यस बर्ष कुमारी रेष्टुरेन्ट दोङदेमुनमा भएको सामुहिक म्ह पुजा कार्यक्रममा मण्डललाइ शरीरको आफ्नो प्रतिक मानेर अगाडी बती बाली सहभागी सबै सहभागी लहरै संगै बसी परम्परागत तरिकाले मण्डललाइ पुजा गरेका थिए l कार्यक्रममा नेवारी रितिरिवाज अनुसार  म्ह पुजामा अण्डा ,माछा,मासु सगुन पनि दिएका थिए l म्ह पुजा पछि नेवा पुचःका अध्यक्ष रमेश श्रेष्ठ  ,सचिब सन्ध्या बुद्धाचार्य   ,सल्लाहकार पुरु जोशी ,पूर्व सचिब कृष्ण मुस्यान लगायतले  नेपालको राष्ट्रिय सम्बत नेपाल सम्बत ११३५ को महत्व ,मनाउनु पर्ने कारण  तथा सुभकामनाहरु ब्यक्त गरेका थिए l
पहिलो पटक कार्यक्रममा सहभागी हुन् आएकी ललितपुर  निवासी एन.सी.महर्जनले आफ्नो घरको परम्परा अनुसार कोरिया आएर पनि म्ह पुजा गर्न पाउदा  निकै खुसि लागेको बताइन  l दिउसो ४ बजे देखि सुरु भएको सो कार्यक्रम बेलुका ७ बजे  सम्पन्न भयो  l सो कार्यक्रममा नेवारी  खानाको पनि व्यवस्था गरिएको थियो l
सन् २००२ मा स्थापित नेवा पुचःले  निकै सक्रियता साथ सुरुवात देखि हालसम्म निरन्तर रुपमा कोरियामा नेपाललाई चिनाउने ,"बुद्ध नेपालमा जन्मेको"प्रचार प्रसारका  कार्यक्रमहरु , नेवारी तथा नेपाली कला संस्कृति जगेर्ना गर्ने  विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् l  नेवा पुचः कोरियाले निरन्तररुपमा भविष्यसम्म कला  संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमहरु  गर्दै जाने  अध्यक्ष रमेश श्रेष्ठले  बताए l अध्यक्ष श्रेष्ठले म्ह पुजा कार्यक्रम सफल बनाउन  सहयोग गर्नुहुने सहभागीहरुलाइ धन्यबाद ब्यक्त गरे l



No comments:

Post a Comment