Wednesday, October 29, 2014

कोरियामा विश्व पाराका पदक बिजेता यादव कुँवर सम्मानित [फोटो फिचर सहित ]

नमस्ते नेपाल कोरिया संवाददाता 
२०१४/ १०/२६ आइतवारक दिन चितवन सम्पर्क समिति दक्षिण कोरियाले  विश्व पारा  तेक्वान्दो चौथो तथा पाँचौका कास्य र रजत पदक बिजेता  यादव कुँवरलाई सम्मान तथा  अभिनन्दन गरेको छ l

चितवन सम्पर्क समितिका अध्यक्ष  इन्द्र न्यौपानेको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा निवर्तमान अध्यक्ष ,अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष ,तथा  सल्लाहकार कमलप्रसाद अर्याल सल्लाहकार गिरिराज कुँवर , राजन श्रेष्ठ .गंगा थापा ,पत्रकार पुरुजोशी तथा    विभिन्न  क्षेत्रमा क्रियाशील नेपाली समुदायको उपस्थिति थियो l यादव कुँवर  तेक्वान्दो  खेल क्षेत्रमा  लामो समय  सक्रिय रही प्रशिक्षकको भूमिका निर्वाह गर्दा गर्दै  आर्थिक स्तर उन्नतिका निम्ति  दक्षिण कोरिया आएका थिए l यहाँ  कम्पनीमा काम गर्दा गर्दै आफ्नो  औला गुमाउन पुगेका यादव कुवर मानसिक रुपमा भने  सशक्त हुदै गए र आफ्नो खेल अनुभवलाई निरन्तरता दिने दृढ निस्चयमा पुगे यस सफलताका निम्ति उनकी धर्म पत्नी स्वेता  कुँवर श्रेष्ठको ठूलो हात र योगदान रहेको कुरा  मुक्त कण्ठले प्रशंशा गरेका थिए l कोरियामा रहंदा  सामाजिक क्षेत्रमा क्रियाशील  कुँवर चितवन सम्पर्क समिति दक्षिण कोरियाका सल्लाहकार थिए भने अन्तराष्ट्रिय तेक्वान्दो एसोसिएसनका सस्थापक अध्यक्षका रुपमा रही खेल जगतलाई नै आफ्नो साध्य बनाए l
स्वीट्जरल्याण्डमा भएको चौथो विश्व पारा तेकन्दोमा कास्यपदक हासिल गर्न सफल  कुवरले  रसियाको मस्कोमा सम्पन्न पाँचौ  विश्व पारा तेकंदोमासमेत सहभागिता जनाउने अवसर पाए यहाँ उनले कास्य पदक दिलाई नेपाल र नेपालीलाई विस्वमाझ चिनाए l नेपाल पारा तेकन्दो संघका  उपाध्यक्ष,अन्तर्राष्ट्रिय रेफ्री काता र स्पायारिंग [पुन्से र नेरोगी ] का रेफ्रीको प्रमाण  पत्रसमेत हासिल गरिसकेका छन् l उनलाई विश्व तेकन्दो महासंघले समेत सम्मान तथा अभिनन्दन गरिसकेको छ l पल्सर स्पोर्ट अवार्ड २०७० को पारा एथलेटिक्सबिजेता कुँवरलाई राष्टिय खेलकुद परिषद्,नेपाल तेकन्दो संघले सम्मान गरिसकेको छ l रसियन दुतावास,त्यहाका एनआरएन एनसीसी लगायत नेपाली समुदायको बृहत् सहभागितामा सम्मान कार्यकर्म भएको थियो l विस्वकप  नेपाल र नेपालीका निम्ति सपना जस्तै मानिए पनि  पारा विस्वकपमा  पदक प्राप्त गर्नु  ऐतिहासिक उपलब्धि हो l  निवर्तमान अध्यक्ष तथा सल्लाहकार कमलप्रसाद अर्यालले भने 'लामोसमयसम्म दक्षिण कोरियाको नेपाली समाजबीच  क्रियाशील  नेपालका रत्न यादब कुँबरलाई उदासीनता नदेखाएको अवस्थामा  बृहत् सम्मान कार्यक्रम राख्नु र सम्मान गर्नु दुतावास ,एनआरएन,र एनसीसीको दाइत्व हो अवस्य दाइत्व निर्वाहमा सम्बन्धि निकाय नचुक्ला 'l हालै सम्पन्न एसियाली खेलमा कुनै पदक नआउनु ,खेल्न आएका खेलाडीले राष्ट्र बेइजत गराउनु  दलगत स्वार्थ र  कमिसन खोरीका लोभमा  गैर खेलाडी विदेश पठाउनु जस्ता कुराको  खेल मंत्री तथा  रा खे प  अध्यक्ष ले  नैतिक जिम्मेवारी लिदै अबिलम्ब राजिनामा दिनुपर्छ l राखेपलाई आफ्नो बिर्ता ठानी दाइत्व स्थगनको निर्णय गर्नु अलोकतान्त्रिक कदम हो l राखेप अध्यक्षमा  यादब कुँवर जस्तो व्यक्तित्व चुनिनु पर्छ l

यस सम्मान कार्यक्रम पछि चितवन सम्पर्क समितिको बैठक पनि बस्यो ,सेरफ बचाऊ अभियान अन्तर्गत रकम संकलन अभियानमा नमस्ते पाल्पाले खेलेको भूमिकाको प्रशंशा गर्दै सो समितिका संयोजक कमलप्रसाद अर्याललेले  धन्यवाद ज्ञापन गरे l  यस सस्थाले ६ लाख ८० हजार वन   संकलित रकम सो समितिलाई हस्तान्तरण गरेको हो l सेरभ बचाऊ अभियानलाई  नेपाली समुदायको साझा अभियान बनाउदै  सहयोग गर्नसमेत आग्रह गरियो l 

No comments:

Post a Comment