Wednesday, October 29, 2014

कोरियामा नेपाली महिलाहरुको देउसी भैलो कार्यक्रम सम्पन्न [ फोटो फिचर सहित ]

रमेश खावाजु ,दक्षिण कोरिया -
 कोरियामा  नेपाली महिलाहरुको साझा संस्था वोमेन फर वोमेनले २५ अक्टोबर सनिबारका दिन  तिहारको अवसरमा  देउसीभैलो कार्यक्रम सफलताका साथ सम्पन्न गरेका छन् l
फोटो ; युदिप फोटोग्राफी 

कोरियाको राजधानी सउलको दोङदेमुनमा बेलुकी ८ बजे देउसी भैलो कार्यक्रम सुरु गरिएको थियो l देउसीभैलो कार्यक्रमका महिला टोलिहरु  दोङ्देमुनका धेरै जसो  नेपाली पसल तथा   रेष्टुरेण्टहरुमा पुगेका थिए l  उक्त कार्यक्रममा वोमेन फर वोमेनका सह कोषाध्यक्ष देवी ज्ञवालीले महिला टोलिको नेतृत्व गरेकी थिइन्  l सहभागी महिलाहरुले   सामुहिक रुपमा नेपाली पसलमा पुगी  देउसीभैलो गीतसंगै नाचगान तथा लोकभाकाका गीतहरु पनि गाएका  थिए l    संस्थाका संरक्षक लक्ष्मी गुरुङले  कोरियामा रहेका आपत बिपत परेका  नेपाली महिलाहरुलाइ उद्धार तथा सहयोग उदेश्यले देउसी भैलो कार्यक्रम गरेको बताइन l यो देउसी भैलो  वोमेन फर वोमेनका नवगठित कार्यसमितिका पहिलो कार्यक्रम हो l  यस कार्यक्रममा वोमेन फर वोमेनका पदाधिकारीहरु,सल्लाहकारहरु तथा अन्य महिलाहरुको सहभागिता रहेको थियो l


 प्रबासी भुमि कोरियामा पनि आफ्नो देशको दोश्रो ठुलो  चाड तिहारमा  देउसीभैलो  खेल्न पाउँदा सहभागी दिदिबहिनीहरु निकै रमाएका थिए l देउसी भैलो कार्यक्रमबाट करिब २५  लाख वन रकम संकलन भएको तथा छिटै नै सहयोगदाताहरुको नामावली सहित पारदर्शी रुपमा बिभिन्न अनलाइन पत्रिकाहरुमा नामावली सहित प्रकाशित गर्ने अध्यक्ष  मल्लिका थकाली श्रेष्ठले बताइन l  दक्षिण कोरियामा वोमेन फर वोमेनद्वारा आयोजित नेपाली कला संस्कृति बचाउन गरिएको  यस कार्यक्रमलाइ  खुलेर सहयोग गर्नु हुने सम्पूर्ण नेपाली पसलहरु तथा सहभागी हुनु भएका महिला दिदिबहिनीहरुलाइ अध्यक्ष थकालीले  धन्यबाद ब्यक्त गर्दै आउदा दिनहरुमा   दिदीबहिनिको समस्याहरुको समाधान गर्न तथा नेपालको कला ,संस्कृतिको संरक्षण गर्न आफु निरन्तर लागिरहने नमस्ते नेपाल कोरिया डट कमलाई बताइन l

No comments:

Post a Comment