Monday, October 27, 2014

नर्वेमा नेपालीले लगाए भाइटीका




ऐश्वर्य श्रेष्ठ,कोरिया ।

नेपालीहरुको महान चाड दिपावलीको अवसरमा नेस्को नर्वे र हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेले संयुक्त रुपमा भाइटीका लगाएका छन् ।
नर्वेको राजधानी ओस्लोमा भाइटीकाको दिन क्रिंग्सो स्टुडेन्ट भिलेजको किवी हलमा ७५ जना नेपालीहरु र केहि नर्वेजियन पाहुनाहरुका साथमा भाइटीका लगाएका हुन ।नेस्को नर्वेका सचिव केशव पुरीले सञ्चालन गरेको सो कार्यक्रमको शुरुवात लोकनाथ शर्मा र अनिता कोइरालाले देउसी गीत भट्याएर गरेका थिए । उपस्थित नेपालीहरुले टीका लगाउनका साथैं  एकआपसमा खुशी साटा साट गदैं  नेपाली गीतहरुमा नाचेर मनोरन्जन गरेका थिए ।
नर्वेका विभिन्न शहरहरु नार्भिक, ओस, स्ताभान्गर र पोर्तुगलमा वसोवास गर्ने नेपालीहरुको  सहभागिता रहेको उक्त कार्यक्रममा उपस्थित नेपालीहरु सेलरोटी, पुलाउ, चिकेन, जेरी लगायतका खानाको स्वाद चाख्दै बिङ्गो खेलमा रमाएका थिए ।
साथै  नेस्को नर्वेको भिडिओ शुभकामना सन्देश टेलिभिजनबाट प्रशारण गरिदिनु भएकोमा नेपाली वेभ टेलिभिजन दक्षिण कोरियालाई सचिव पुरीले हार्दिक धन्यवाद दिएका थिए।

No comments:

Post a Comment