Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, October 30, 2014

कोरिया व्यापार बातावरणमा पाँचौं -बिश्व बैंक

कृष्ण पुरी, नमस्ते नेपाल कोरिया डट कम -
विश्वमा हालै वोर्ल्ड बैंकले गरेको प्रतिबेदनमा दक्षिण कोरिया व्यापार वातावरण को मामलामा पाँचौं स्थानमा  र सिंगापुर सर्बोकृस्ट स्थानमा परेको छ l

- दक्षिण कोरिया व्यापार र वातावरण को मामलामा पाँचौं  स्थानमा परेकोले यस बिषयलाई गहन रुपमा हेरिएको छ l  नियमहरुमा सुधार तथा  एक व्यवसाय शुरू निर्माण अनुमति प्रदान र साना लगानीकर्ताका लागि  सुरक्षा प्रणाली को लागि  व्यबस्था आदि सबल पक्षहरुका कारणले सुधार भएको अर्थ मन्त्रालयको बिज्ञप्तिलाई  उधृत गर्दै यान्हाप न्युज एजेन्सीले बताएको छ l

हरेक वर्ष विश्व बैंक ( वोर्ल्ड बैंक)  ले १८९ देशहरु छनौट गरि व्यापार वातावरण विश्लेषणको आधारमा
 सुरु देखि अन्त सम्म १० फराकिलो भागमा तिनीहरूलाई बिभिन्न भागमा बर्गिकरण गरी विस्लेषण गर्दछ l

दक्षिण कोरिया चार लगातार वर्षमा सर्बोकृष्ट दश (Top -10) भित्र सूचीबद्ध थियो। यो पनि २०  उदीयमान र विकसित देशहरूको समूह बीच पहिलो स्थानमा र आर्थिक सहयोग र विकासका  लागि संगठन (ओईसीडी) को सदस्य देशहरूबीच तेस्रो भयो।

दक्षिण कोरिया, एक व्यवसाय शुरू गर्नका लागि वातावरणको मामलामा १७ औं स्थानमा चढेको छ जुन पहिलाको ३४ औ स्थान थियो  भने  निर्माण पक्षमा  मूल्याकन गर्दा अघिल्लो वर्षको १८ औ बाट १२ औं स्थानमा उक्लेको छ l  साना लगानीकर्ताको  सुरक्षित लगानीको स्तरोन्नति पक्षलाई  हेर्दा  अघिल्लो वर्षको ५२ औ बाट २१ औं मा  सुधार आयो।

यहाँको  लगानी  सुधार ,  वित्त सेवाको व्यापार वातावरणमा सुधार र्याङ्किङ्ग बाट  बढी विदेशी लगानी  भित्रयाउनमा एक "सकारात्मक" प्रभाव पर्ने  अर्थ मन्त्रीले जनाएका छन् l  यहाँको सुधारात्मक  पक्षहरुले गर्दा   नयाँ व्यापार सुरु गर्न  र साना लगानीकर्ताले सुरक्षित लगानी गर्नको लागि साथै  समग्र नियम र प्रणाली अभिवृद्धि गर्न यसले सघाउ पुर्याउने पनि बताइएको छ l
यसैबीच , सिंगापुरले  व्यापार वातावरणमा सर्बोकृस्ट स्तर कायम राख्यो भने त्यसपछि  न्युजिलैंड, हंगकंग र डेनमार्क रहे l

No comments:

Post a Comment