Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, October 28, 2014

मगर संघ कोरियाको देउसी भैलो तथा रोधी बस्ने कार्यक्रम सम्पन्न

सी.पी. मगर-सउल कोरिया
 दिपावली २०७१ को अवसरमा नेपाल मगर संघ दक्षिण कोरिया द्वारा आयोजित देउसी भैलो तथा रोधी बस्ने कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
दक्षिण कोरियाको राजधानी सउल दोङदेमुन स्थित लक्ष्मी रेस्टुरेन्टमा गत शनिवार राति ९ बजे देखि बिहान ४ बजे सम्म चलेको सो कार्यक्रममा निकै टाढा टाढा बाट पनि नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।रोटी,जेरी मासु संगै मिठा मिठा परिकारको खाना संगै शुरु भएको कार्यक्रममा गाउँ बेसीमा गुन्जिने भाकाहरु मादल र खैचडीको तालमा गाउदै नाच्दै रोधीकै झल्को दिने गरी उपस्थित मगर कलाकारहरुले प्रस्तुत गरेका थिए भने कम्मर मर्काइ मर्काइ नाच्नेको पनि कमी थिएन।सांस्कृतिक सद्भावको रुपमा मनाइने तिहार चाड कोरिया मै पहिलो चोटि यसरी मनाइएकोमा उपस्थित महानुभवहरुले निकै नै खुशी ब्यक्त गरेका थिए।आफु पूर्वमा जन्मेकोले रोधी र पश्चिमे संस्कृति बारेमा अन्जान रहेको तर यस कार्यक्रमले थोरै भए पनि चिन्ने अवसर मिलेको सहभागी तथा मगर एफ.सी.का खेलाडी चेतन खबासले बताउनु भएको थियो।यस्तो खाले कार्यक्रमले सबै नेपालीलाई नेपाली हुनुको गौरव बढाउने हुनाले फेरि फेरि पनि यस्ता रमाइलो कार्यक्रम आयोजना गरिदिन निरज राईले मगर संघलाइ आग्रह गर्नु भएको थियो। छोटो औपचारिकता संगै शुरु भएको कार्यक्रमको सभापतित्व संघका अध्यक्ष पुरन राना मगरले गर्नुभएको थियो भने स्वागत बरिष्ठ उपाध्यक्ष खड्ग थापा मगर र सञ्चालन महासचिव सि.पी.मगरले गर्नुभएको थियो।उपस्थित सम्पूर्ण पाहुनाहरुलाइ मगर चेलीहरुले ढाका टोपी र खादा ओढाएर स्वागत गरेका थिए भने चेली बेटी सबैलाई पछ्यौरी ओढाएर सम्मान गरिएको थियो।

No comments:

Post a Comment