Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, October 31, 2014

किड्नीका बिरामी लक्ष्मण केसीको सहयोगको लागि कोरियाबासि नेपालीहरुमा नेपाल योङ्ग स्टार ग्रुपको आब्हान

 यम श्रेष्ठ ,नेपाल योङ्ग स्टार ग्रुप ,संस्थापक अध्यक्ष 
 प्राण घातक रोग लागेर आर्थिक अभाबका कारण आफ्नो उपचार गर्न नसकेका धेरै बिरामीलाई हामी नेपाली समुदायका देश तथा बिदेशमा रहेको संघ संस्था र व्यक्तिगत तवरबाट सहयोग संकलन गरि उपचार गराएर नयाँ जीवन प्रदान गरिएको कुरा सर्वबिदितै छ!

यस्तो पुण्य कार्यमा सहभागी हुने सहयोगी  हातहरु र मनहरुलाई सदैब सुख , शान्ति, आत्मासन्तुस्ति र आशिष मिल्नेछ!
यस्तै धेरै विभिन्न घटना क्रम र अबस्थाहरुमा हाम्रो यस संस्थाले सहयोग जुटाउदै पिडित बिरामीहरुको स्वास्थ्य उपचारको निम्ति हस्तान्तरण गर्दै आएका छौ!र सामाजिक अभियन्ताको रुपमा सबैको सहकार्यमा निस्वार्थ रुपमा लागिरहने पनि प्रतिबद्दता जनाउदछौ!
हिजोको दिनमा हामी सबैले सहयोग गरेर सफल उपचार पाएर नयाँ जिवन जिउने अवसर प्राप्त गरेका व्यक्तिहरुले सहयोग दाता र  सहयोगी हातहरुलाई बारम्बार सम्झिरहेका छन् अनि निस्वार्थ रुपमा  अरुको सेवा गर्ने हरुको सदैब भलो होस् भनेर प्रार्थना गरिरहेको बताउछन्!
आज फेरी एउटा युवाको परिवारको पिडा र बेदना विभिन्न संचार माध्यम र सामाजिक संजालमा छरपस्ट भएको देखेर मन थाम्नै नसक्ने अबस्थामा हामी पुग्यौ!बिरामीको भन्दा पनि धेरै उसको चार जना लालाबाला अबोध बच्चाहरुको लालनपालन र घरायसी अबस्था दर्दनाक रहेको जानकारी पायौ! एउटा युवाको यस्तो  कठिन जीवन यापनको साथै प्राणघातक रोगसंग छत्पतिएर आफ्नो सन्तानको सुरक्षित भबिष्य खोजिरहेका एउटा भाग्यले र कर्मले साथ नदिएका निर्दोष दुबै किड्नी फेल भएका बिरामी लक्ष्मण केसीलाई सहयोग जुटाउने अभियान संचालन गर्न गइरहेको दक्षिण कोरिया स्थित सम्पूर्ण नेपाली संघ संस्था तथा नेपाली दाजुभाई दिदीबहिनीहरुमा अवगत गर्न चाहन्छु!
यस अभियानमा कोरियामा रहनुभएका सम्पूर्ण नेपाली समुदायको संघ संस्था, सहकर्मी, शुभचिन्तक, तथा सहयोगी हातहरु एकजुट भएर आ आफ्नो ठाउँबाट सकेजतिको सहयोग र साथ दिनुहुनेछ भन्ने पूर्ण आशा लिएका छौ!
 सहयोग संकलन क्रममा सहयोग दाताहरुको नामावली र सहयोग रकम पार्दशि ढंगबाट प्रकाशित गर्दै जानेछौ!र अभियानको अन्त्यमा मिडिया मार्फत धन्यबादको साथमा नामावली प्रकाशित गर्नेछौ!
 दुवै मृगौलाले काम नगरेका मृगौला पिडित युवा लक्ष्मण केसीको सहयोगको निम्ति अपिल र उनको बास्तबिक अबस्था यस प्रकार रहेको छ:

काभ्रे  ,शंखु पाटिचौर-१ का 30 बर्षिय युवा लक्ष्मण केसि (हरिचन्द्र) गत 3 महिना अघि देखि दुबै मृगौलाले काम नगरेपछि मानब अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरमा डाइलोसिस गर्दै आइरहनुभएको छ!
आर्थिक अबस्था दयनिय रहेका पिडित केसीको सम्पतिको नाममा एउटा पाखामा घर बाहेक केहि नरहेको बताउछन्! सम्पती मात्र भए पनि बेचेर उपचार गर्थे! दैनिक ज्याला मजदुरी गरेर पेट पाल्न धौ धौ भएको हामी जस्ता गरिबलाईनै कस्तो बिपति आइपरेको भनेर उनका श्रीमती सृजना केसी गहभरि आँशु झारेर आफ्नो बेदना पोख्छिन्!
सानै उमेरमा बिबाह गरेका केसीको एक छोरा र तिन नाबालक छोरी छन्!
आमा बाबु सानैमा बितेको र अरुको सहारामा दुख गर्दै हुर्केको जिवनमा सानै देखि संघर्ष गर्दै आएको र भएका आफन्त र दाजुले पनि यस्तो अवस्थामा पनि असहयोग गरेको गुनासो केसीले बताउछन्!
म एक्लैको कमाइले बालबच्चा हुर्काउनुपर्ने र घर चलाउन पर्ने हुँदा यदि मलाइ केही भैहाल्यो भने यी बिचरा नाबालक बच्चाहरूको बिचल्ली हुन्छ। त्यसैले म बाँचेर आफ्नो सन्तानलाई पढाएर हुर्काउन चाहन्छु। म छोरा छोरी नहुर्के सम्म बाच्न चाहन्छु भन्ने आफ्नो मनको बेदना मलिन स्वरमा बारम्बार दोहोर्याइ रहन्थ्यो।हाम्रो दु:ख पीडा बुझ्ने हामीलाई सहयोग गर्नु हुनेलाई हामी सधैभरी सम्झिरहनेछौ सबैको भलो होस् भनेर पनि प्रार्थना गरिरहनेछौ भनि उनका श्रीमतीले सुनाइन् ।
हप्तामा २ पटक डाइलोसिस गर्नुपर्ने हुँदा एक हप्तामा डाइलोइसिस र औषधी खर्च गर्दा १००००/- रु. दश हजार खर्च हुने हस्पितलमा नै बस्न नसकेको कारणले गर्दा टाढा घर देखिनै आवत जावत गर्नुपर्ने बाध्यता भएको छ।केही महिना सम्म त गाउघरमा घरै पिच्छे सहयोगको नीम्ति हात फैलाउदै सहयोग मागेर डाइलोसिस गर्न सके अब सबै सँग मागिसके दिनेले दिसक्नु भयो अब आउँदा दिनमा कसरी उपचार अघि बढाउने हो यसै बिषयले चिन्ता लागिरहन्छ। भगवानले पनि किन हामि जस्तै निमुखालाई हेपेको हो? बाल बच्चाको नीम्ति मात्र बाँच्न चाहन्छु एक पटक सम्पुर्ण नेपालीले सहयोग गर्नु भयो भने म पुन जिवन पाउन सक्छु। त्यसैले सबै सामु म दुई हात जोडेर जीवनको भिख माग्छु। श्रीमतीको किड्नी मिलेमा मेरोमा हाल्न चाहन्छु यसको लागि पनि ५५००००/- रु पाँच लाख पचास लाग्ने हस्पितलको प्रशासन शाखाले बतएको छ।
पिडित केसीलाई सहयोग गर्न चाहनु हुने
 महानुभाबहरुले निजको निम्न खाता नम्बरमा सहयोग रकम पठाएर सहयोग गर्न सक्नुहुनेछ!
तपाइ हाम्रो सानो सहयोग र तत्परताले  एउटा युवाले अमुल्य नयाँ जिवन प्राप्त गर्नुका साथै परिवारले सहारा र बालबच्चाले भबिष्य पाउने छ!
यस पुण्य कार्यको लागि सहयोगी हातहरुको खाँचो छ!सेवा नै धर्म हो!
कोरियामा सहयोगको लागि सम्पर्क:
लोक लामा:       010-259-90214
राजुराजा शाही:   010-286-58744
रंजन कुँवर :       010-638-67431
केपि चौलागाईं:    01042059222
जयराम घिमिरे :   010-21759182
मन महेश भुजेल:   01053274886
रबि तिमल्सिना:    01059272765
अशोक मैनाली:     01033362674
गणेश तिमल्सिना:  01042638022
खेम कार्की :          01064533050
सहयोग संकलन खाता नम्बर:
 Hana Bank (हाना बैंक)
 43091026612307 (자이람)
नेपालमा सहयोगको लागि बिरामीको खाता:
नाम: लक्ष्मण केसि (laxman kc)
खाता नम्बर:  (033400001023524)
Bank of kathmandu
Panauti, kavre branch

No comments:

Post a Comment