Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 15, 2014

नेपथ्य लाइभ कन्सर्ट र तेरियाको कार्यक्रम अहिले सम्म कै उत्कृष्ट हुने आयोजकको दाबी

नमस्ते नेपाल कोरिया सम्बाददाता-
नेपाल मगर संघ दक्षिण कोरिया द्वारा आउदो चुसकको पहिलो दिन सेप्टेम्बर ७ तारिकको दिन आयोजना हुन गइरहेको "नेपथ्य लाइभ कन्सर्ट इन कोरिया साथमा लिटल डान्स क्वीन तेरिया"नामक सांस्कृतिक कार्यक्रम अरु-अरु संस्थाले गर्ने कार्यक्रम भन्दा निकै फरक,ब्यबस्थित र उत्कृष्ट बन्ने आयोजक नेपाल मगर संघले दाबी गरेको छ।यो भन्दा अगाडि करीब ४ वटा सफल सांस्कृतिक कार्यक्रम भब्यताका साथ सफल पारिसकेको मगर संघले अनुभव र संगठनको आधारमा यस्तो खाले दाबी गरेको बरिष्ठ उपाध्यक्ष खड्ग थापा मगरले जानकारी दिनुभएको छ।फरक ब्यबस्थापन भिन्न लक्ष्यका साथ यो कार्यक्रम गर्न लागिएकोले कोरियामा रहनुहुने आम मगर मात्र नभएर आम नेपालीले आफ्नो सपनाको कार्यक्रम बनाउदै गइरहेको अध्यक्ष पुरन राना मगरले पनि जोड दिनुभएको छ।

सम्भावित अत्यधिक जन मानसलाइ कसरी ब्यबस्थित गर्ने भन्ने बारेमा दिन रातै योजना बनाइरहेको र छिट्टै नै बृहत् स्वयमसेवक् समिति बनाएर योजना बद्द ढंगले कार्यक्रम सफल बनाउन आफुहरु लागि पर्ने संघका सचिव तथा स्वयंसेवक् सह-संयोजक अर्जुन थापा मगरले जानकारी दिनुभएको छ।त्यसै गरी उत्कृष्ट ध्वनि झकिझकाउ बत्तीको संयोजनले नेपथ्यले गत बर्ष वेम्बली बेलायतमा गरेको लाइभ कन्सर्टलाइ पनि पछि पार्ने कलाकार तथा मञ्च ब्यबस्थापन संयोजक नगेन्द्र थापा मगरले दाबी गर्नुभएको छ।प्रचार प्रसारको कुनै पनि कसरत बाकी नराखेको र कार्यक्रम हुने मिति भन्दा एक हप्ता अगाडि सम्म पोस्टरिङ,प्रमोशनल भिडियोहरु निर्माण गरिने प्रचार प्रसार बिभाग प्रमुख अर्जुन बिर्कट्टा मगरले जानकारी दिनुभएको छ।
नेपाल तथा कोरियामा रहदा लामो समय कलाकारितालाइ नजिक बाट नियाल्नु हुने सांस्कृतिक बिभाग प्रमुख सि.पी.मगरले गत  छुसकमा भब्यताका साथ सम्पन्न  आँधीखोला सांगीतिक सौगात भाग-४ को संयोजकको अनुभवको आधारमा पोहोर साल भएको त्रुटि कमजोरीलाइ यस पालाको कार्यक्रममा सच्याउन
मौका मिलेकोले आफु निकै उत्साहित रहेको  बताउनुभएको छ।दर्शकको चाहना ध्वनि तथा समय ब्यबस्थापनमा आफुहरुले निकै मेहनत गरेको संयोजक मगरले जानकारी दिनुभएको छ।कार्यक्रम सफल पार्न आवश्यक समिति हरु करीब करीब टुंगो लाइसके पनि बिस्तृत खबर अर्को हप्ता सम्म आउने ब्यबस्थापन प्रमुख झक थापा मगरले जानकारी दिनुभएको छ।
सम्झना रहोस् "नेपथ्य लाइभ कन्सर्ट इन कोरिया साथमा लिटल डान्स क्वीन तेरिया"कार्यक्रम सेप्टेम्बर ७ तारिक आइतबार चुसकको पहिलो दिन नेपालीहरूको भलिबल केन्द्र सिन्होङ कलेजको कभर्ड हल सउल मेट्रो लाइन नं १ माङवल्सा स्टेसनमा दिनको १ बजे आयोजना हुदैछ।

No comments:

Post a Comment