Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, August 6, 2014

कोरियामा अगस्त १६ र १७ मा सोनसिकको ११ औं साधारण सभा हुने

रमेश खावाजु ,दक्षिण कोरिया 
आउदो अगस्त १६ ,१७ तारिकका दिन दक्षिण कोरियाको नेपाली बिद्यार्थीहरुको साझा संस्था सोनसिकको  ११औ बार्षिक साधारण सभा खान्ग्वन बिश्वबिध्यालय सम्चोक मा हुने भएको छ l

शैक्षिक, सांस्कृति, तथा खेलकुद कार्यक्रमका माध्यमबाट कोरियामा रहेका सम्पूर्ण नेपाली विद्यार्थीहरुबीच पारस्परिक सम्बन्ध विस्तार गर्ने र कोरियामा रहेका नेपाली तथा बिदेसी गैर-राजनीतिक संस्थाहरुसंग निकट सम्बन्ध विस्तार गर्दै आएको सोनसिकले साधारण सभामा ५० वटा भन्दा बढी बिश्वबिध्यालय का नेपाली बिद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, पूर्व पदाधिकारी, नेपाली राजदुतावास, एन. आर. एन. कोरिया, पत्रकार तथा विभिन्न संघसस्थाका ब्यक्तिवहरुलाई निमंत्रना गरिएको सचिब श्री उज्ज्वल कर्माचार्यले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए ल

यस बर्षभरि गरिएका  बिभीन्न कार्यक्रममा सोनसिकलाई सहयोग पुर्याउने सम्पूर्ण व्यक्तित्वहरुलाई र यस वर्ष अध्ययन पुरा गर्ने सम्पूर्ण नेपाली बिद्यार्थीहरुलाई अगस्त १६ का दिन सोनसिकले प्रशंसा पत्र  तथा बिशेष सम्मान गर्ने कुरा सोनसिक  अध्यक्ष तारामान तारामान कडायतले  बताए l अध्यक्ष कडायतले सोनसिकको ११ औं बार्षिक साधारण सभामा सहभागीताको लागि कोरियाका सम्पूर्ण नेपाली बिधार्थी ,, प्राध्यापक, अनुसन्धानकर्ता, पूर्व पदाधिकारी, नेपाली राजदुतावास, एन. आर. एन. कोरिया, पत्रकार तथा विभिन्न संघसस्थाका ब्यक्तिवहरुलाई अनुरोध गर्नु भएको छ l 

No comments:

Post a Comment