Wednesday, August 6, 2014

कोरियामा नेपाली महिलाहरुले भब्य रुपमा तिज मनाउने

रमेश खावाजु ,दक्षिण कोरिया 
दक्षिण कोरियामा आउदो अगस्त २४ तारिक आइतबारका दिन  महिलाहरुको साझा संगठन वोमन फर वोमनले    नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको कार्यक्रम भव्यता साथ  गर्ने भएको छ ।

वोमन फर वोमनले  कोरियाको राजधानी सउलको दोङदेमुन स्थित   शुभेच्छा रेष्टुरेण्टमा एक बिशेष कार्यक्रम आयोजना गरी बिहान ११ बजे देखि मनाउन लागेका हुन् l सो रमझम तिज कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति , महिला दिदीबहिनीहरुको सामुहिक नाचगान तथा मिठा नेपाली परिकारका अनि ब्यबस्था गरिएको अध्यक्ष जुनु गुरुङले नमस्ते नेपाल कोरिया डट कम लाइ बताइन l अध्यक्ष गुरुङले कोरियामा  हुन्  लागेको    नेपाली महिलाहरुको साझा तथा महान पर्व  तिज कार्यक्रममा सहभागी भईदिनु हुन् कोरियाका महिला दिदीबहिनीहरु,   विभिन्न संघ संस्था लगायात  कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नुभएको छिन l

आयोजक : वोमन फर वोमन
मिति :  आइतबार २४ अगस्त २०१४
समय : बिहान ११ बजे
स्थान :शुभेच्छा रेष्टुरेण्ट ,

सम्पर्क
जुनु गुरूङ्ग -010-9143-4557
मल्लिका थकाली -010-2135-9576
गंगा थापा (श्रेष्ठ )-010-7214-4211

No comments:

Post a Comment