Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, August 16, 2014

दक्षिण कोरियामा लाखौँ समर्थकहरुद्वारा धर्म गुरु पोपको भब्य स्वागत ( फोटो फिचर सहित )

नमस्ते नेपाल कोरिया डट कम 
 क्रिश्चियन धर्मका महान धर्मगुरु पोप फ्रान्सीसलाई सोलमा लाखौँ समर्थकहरूले भब्य स्वागत गरेका छन् ।

दक्षिण कोरियाका सहिदहरूको सम्मान गर्न उहाँ शनिबार सहिदस्मारक स्थलमा पुग्नु हुँदा उहाँको भब्य स्वागत भएको छ । सोलको प्रशिद्ध ग्वाङ्ग्वामुन गेटमा उहाँ पुग्नु हुँदा उक्त क्षेत्रमा पाइला राख्ने ठाउँ थिएन ।

उक्त स्थानमा १८औँ शताब्दीमा एक विशाल क्याथोलिक चर्चको स्थापना भएको थियो । पछि यस क्षेत्रमा एक विशाल सहिदस्मारक समेत निर्माण गरियो ।

पोप फ्रान्सीसले त्यहाँ पुग्नु भई १२४ कोरियाली सहिदको शालिकलाई फूलमाला अर्पणगरी श्रद्धाञ्जली दिनु भएको छ ।

पाँच करोड जनसङ्ख्या रहेको दक्षिण कोरियामा १० प्रतिशत जति क्याथोलिक क्रिश्चियन रहेको बताइएको छ । शनिबारको उक्त कार्यक्रममा कम्तीमा आठ लाख कोरियाली भेला भएको भनि भेटिकन सिटीले जनाएको छ ।

पोपका समर्थकहरूले बाइबलको श्लोकहरू उच्च स्वरमा पाठ गर्दै पोपलाई ‘पापा फ्रान्सीको’ भन्ने प्रिय शब्दबाट सम्बोधन गरेका थिए ।

प्रतिकुल मौसममा पनि यति धेरै सङ्ख्यामा उपस्थिति भई पोपको स्वागत गरिएको सोलले यो पहिलो पटक हो ।

एसियातर्फकै उहाँको यो पहिलो भ्रमण भएको बताइएको छ । पोप फ्रान्सीसले भ्रमणको पहिलो दिनमै दक्षिणी कोरियाली राष्ट्रपति पार्क गेउन हाईसँग भेटघाट गर्नुभएको छ ।

उत्तर कोरियासँगको विवादलाई सम्बोधन गर्दै उहाँले शान्तिका लागि क्षमा र आपसी सम्मानको आवश्यकता रहेको बताउनु भएको थियो ।

आफ्नो सद्भाव भ्रमणको क्रममा उहाँले दुई कोरिया अब झगडा त्यागी आपसमा मिलेर शान्तिको सन्देश फैलाउन सकुन् भनी शुभकामना व्यक्त गर्नुभएको समेत बताइएको छ ।

No comments:

Post a Comment