Wednesday, August 6, 2014

सिन्धुपाल्चोकमा गएको पहिरो पीडितलाई सहयोग गर्न फोनिज कोरियाको आव्हान



ऐश्वर्य श्रेष्ठ,कोरिया ।सिन्धुपाल्चोक जिल्लामा गएको पहिरो पीडितलाई सहयोग गर्न कोरियामा रहेका नेपालीहरुलाई  नेपाल आदिबासी जनजाती पत्रकार महासङ्घ(फोनिज्)ले सहयोगको आव्हान गरेको छ ।नेपालीलाई परेको यो दुखको बेला सबै जना एक भएर आफुले सकेजती सहयोग गर्न आग्रह गर्दै पहिरोले सुनकोसी नदी थुनिएर विस्थापित भएकाहरुलाई र सो पहिरोमा परि ज्यान गुमाउने र घाइतेहरुको उपचार्थ  सहयोग संकलन गर्न  गैरहेको हुदा दक्षिण कोरियामा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले बिपतको घडिमा आफूले सकेको सहयोग गरि दिनुहून फोनिज कोरियाले आग्रह गरेको हो ।
 सहयोग गर्न चाहनु हुने जो कोहीले  फोनिज कोरिया डट कमका कोषाध्यक्ष सुरज मान गुरुङ्को IBK बैंकको खाता नम्बर - १२२०-७७७१३-०१०१९मा जम्मा गरिदिन आग्रहा गरेको छ ।यो आईतबारसम्म जम्मा भएको रकम  अगस्त ११ तारिख सोमबार नेपाल पठाईने फोनिज कोरियाकी अध्यक्ष मन्जु गुरुङ्ले  जानकारी दिएकी छिन ।  सिन्धुपाल्चोक जिल्लाको माङखा गाविसको जुरेमा शनिबार गएको भीषण पहिरोमा परी हालसम्म  बेपत्ता भएका १ सय २३ जनालाई सरकारले मृत घोषणा गरेसँगै पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ सय ५६ पुगेको छ । उद्धारका क्रममा ३३ जनाको शव भेटिएको थियो ।

यदि कसैले सहयोग गर्न चाहनु हुन्छ् भने फोनिज कोरिया डट कमका कोषाध्यक्ष सुरज मान गुरुङ्को खातामा जम्मा गरि दिनु होला ।

खाता नम्बर - १२२०-७७७१३-०१०१९
बैंक - IBK
नाम - सुरज मान गुरुङ् —

No comments:

Post a Comment