Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, August 9, 2014

कोरियामा सति प्रथामा आधारित नेपाली चलचित्र “ झोला “ प्रर्दशन हुने

रमेश खावाजु ,दक्षिण कोरिया 
आउदो अगस्त २४ तारिक आइतबारका दिन झापा मिलन  समाज दक्षिण  कोरियाको आयोजनामा  नेपाली कथानक चलचित्र ‘’ झोला ‘’ जोङ्गाक स्टेशन नजिकै रहेको जोगेसा हलमा  प्रर्दशन हुन हुने भएको छ l
झोला चलचित्र  दक्षिण कोरियामा झापा मिलन समाजले  आपत बिपतमा  परेका नेपालीहरुको  लागी खाने  र बस्ने  ब्यबस्था गरि खोलीएको  सुबनस्थित   पाथिभरा  हाउस   संचालन   सहयोगार्थको  लागी  देखाउन  लागीएको समाजका कार्यबाहक सचिब राजु सन्तोषी थापाले बताए l का.सचिब थापाले  झापा मिलन समाजले बितेका  दिनहरुमा गरेको   कामहरुको   समिक्षा  गर्दै  आगामी  दिनहरुमा  समाजले  कोरियामा  रहेका  संघ  सस्थाहरुसँग   सामाजिक  परोपकारी  कार्यहरुमा  हातेमालो गर्दै  अगाडी  बढने पुन बताए l
कृष्ण धराबसीको चर्चित कथामा आधारित  नेपाली कथानक  चलचित्र  "झोला" मा   आज भन्दा १०० बर्ष अगाडी हाम्रो समाजले  नारीलाई  हेर्ने दृष्टिकोण र   त्यसबेलाको सति प्रथा एक कु  प्रथा थियो  भन्ने कुराहरु र  त्यसबेलाको कालखण्डलाई  शसक्त रुपमा पर्दामा उतार्न खोजीएको  छ l विशेष गरी त्यसबेलाको ब्राह्मण समाजमा रहेको सतीप्रथा, बाल विवाह, अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको चित्र कोरिएको छ कथाकार कृष्ण धराबासीको ‘झोला’ मा ।  निर्देशक यादव भट्टराईद्वारा  निर्देशित झोला चलचित्रले हालै  श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न सार्क फिल्म फेस्टिभलमा सार्ककै  उत्कृष्ठ अभिनेत्रीको अवार्ड सो फिल्मकी अभिनेत्री  गरिमा पन्तले जितेकी थिइन् l एक वर्ष अघि निर्मित यो फिल्मले व्यावसायिक रुपमा सफलता मात्रै होइन  फिल्म हेरिसकेका दर्शकहरुले सो फिल्मको मुक्तकण्ठले प्रशंसा पनि गरेका विभिन्न नेपालका राष्ट्रिय संचार माध्यमहरुले जनाएको छ l
दक्षिण कोरियामा नेपालीहरुको लागि आपत बिपत पर्दा खाने ,बस्ने ब्यबस्थाका साथ्  खोलिएको सुबनस्थित   पाथिभरा  हाउस   संचालन   सहयोगार्थको लागी प्रदर्शन गर्न लागेको मौलिक तथा ऐतिहासिक नेपाली चलचित्र  ‘’ झोला''हेर्न उपस्थित भईदिनु हुन्    झापा मिलन समाजका अध्यक्ष मिन प्रकाश उप्रेतीले कोरियाबासि  नेपालीहरुमा अनुरोध गर्नु भएको छ l


मिती-     २०१४-अगस्ट २४ तरिक  आईतबार 
स्थान-    जोगेसा  हल
समग -   दिनको   १२  :३०  बजे
लाईन  न   १  जोङ्गाक  स्टेशन ( JONGGAK STATION) 
गेट न  २ बाट बाहिर  निस्कने  बाटो  देखाईएको  हुनेछ  । 

सम्पर्क
राजु  सन्तोषी थापा    ०१०-६२४५-२४६९
रन्जित कुमार यादब   ०१०-४९९८-४६९०
निरज खतिवडा         ०१०-४९६४-८६८७ 
पवन  राई                ०१०-५९२४-१८३२
नरेन्द्र चेम्जोङ्        ०१०-९४४९-५०३३
राजिब  बस्नेत         ०१०-३९१०-१७७०




No comments:

Post a Comment