Thursday, August 7, 2014

रचनात्मक क्रान्ति अपरिहार्य

कमल प्रसाद अर्याल ,दक्षिण कोरिया 
देशको हरेक विषयवस्तुमा जनताको चासो हुन्छ ,जनताको नाम बिकाएर नै सत्तामा पुग्ने परिपाटी हामीले देखेको परिपाटी हो l जो जनताको संवेदनाका खेलाडी हुन्छन् तिनैले आज देशलाई  खेलौना बनाएका छन् त्यसैले हामीजस्ता देशप्रति  चिन्ता गर्ने जमात किनारमा बसेर सधै यी बिकृतिका पक्षमा ताली बजाउन पनि सकिन्न l अब देशको हीतमा बोल्ने बेला भएको छ राजनैतिक समीक्षा गर्ने बेला आएको छ l देशलाई एउटा गति प्रदान गर्दै समुन्नत समाज निर्माण गर्ने दायित्व हामी युवा कै काँधमा छ l त्यसका निम्ति समाजसेवाको मार्गमा अग्रसर हुनु पहिलो चरणको कार्य हो l पहिले हामीले भन्ने गरेको समाजसेवा अहिले राजनीतिमा रुपान्तरित भएको छ l मागेर जुटाएको श्रोतका आधारमा दीन दुखीको कल्याण गर्नु  मात्र समाजसेवा हो भन्ने प्रभावले आज समाजसेवा परिभाषित भएको छ l राज्यको हीत मा नीति निर्माण गर्न सक्ने बौद्दिक कित्ताका व्यक्ति नै नेता हुन्छ ,हुनुपर्छ राज्यकोषमा यिनैको पहुच हुन्छ ,राज्यकोष व्यक्ति केन्द्रीत भएको छ राज्य केन्द्रीत नभएसम्म  विकास सम्भव छैन  l  सिद्दान्त व्यक्तिबाट निर्मित हुन्छ देश काल परिस्थिति अनुरुप तरलित पनि हुन्छ , जब त्यो सिद्दान्त र दर्शनले राज्य हीतलाई केन्द्रीत गर्छ तव त्यो राजनीति हुन्छ l कुनै व्यक्तिको पूजा गर्नु ,चाकडी गर्नु, र अन्धो भएर  उफ्रनु मात्र राजनीति होइन l आज त्यस्तो भएको छ  त्यसलाई निरुत्साहित गर्नु पहिलो दाइत्व हो ,यिनै चोर फटाहा ,दलाल र  दृष्टिहीन राजनेतालाई विस्थापित नगरी नयाँ युवा पुस्ता  नयाँ उर्जा लिएर प्रस्तुत हुन  सक्दैन l 
त्यसका निम्ति लामो समय राजनैतिक अवस्था बुझेका राजनीतिलाई घिनलाग्दो खेल मानेर आफू सहभागी हुन नचाहेका वास्तविक चिन्तन भएका जमात अगाडि बढ्ने बेला भएको हो ,घिनलाग्दो खेल हेरेर मात्र देश बन्दैन यस्ता  अन्धा नेताका अन्ध जनता भएर  न विकास न शान्ति र समृद्दी नै सम्भव छ त्यसैले  हस्तक्षेप आवस्यक छ l कुनै एक दलमा सहभागी भएबिना सम्भव छैन ,कि नयाँ शक्तिको परिकल्पना गरिन्छ अर्थात् नयाँ दल  त्यो भन्दा पुरानो दलभित्र त्यसको सम्भावना भए त्यसको खोजी किन नगर्ने ? आज नयाँ दल र शक्ति बनेर देखिएको एनेकपा माओवादी नै हो l  यसको वास्तविकतालाई हामीले  देखेको भोगेको सत्यमाथि आँखा चिम्लछौ भने कसरी विकास र शान्ति सम्भव छ र ?केही कार्यदीशा परिवर्तन भैसकेको र परिवर्तित हुनसक्ने तरलित पार्टी पनि त यही हो l हिजो को इतिहास हेरौ आजको वास्तविकता र भोलिको भविस्य ४८ बुँदे शान्तिपूर्ण  जनपक्षीय प्रस्ताव लिएर प्रस्तुत भएका अन्दोननकारी समूहमाथि बर्बर दमनमाथि दमन हुदै गयो त्यतिबेला बार्गेनिङका आधारमा  यी मुद्दाहरू समावेस गरिएका भए यति ठुलो दुर्भाग्य राज्यले बेहोर्नु पर्ने थिएन l त्यही दमन र दम्भले शसस्त्र क्रान्ति जन्मायो ,जब बन्दुक उठ्छ त्यहाँबाट गोली नै निस्कन्छ ,फूल गुच्छा निस्कन्न, जब बम बारूद र गोलीको प्रतिष्पर्धा हुन्छ त्यहाँ जीवन र सुरक्षाको सम्भावना रहन्न मार्ने र मर्ने खेल पौराणिक  भैसक्यो l कृष्णले अर्जुनलाई उक्साए जस्तो र  बिबिध राज्य क्रान्ति जस्तो  क्रान्तिले केही उपलब्धि त हासिल गर्यो तर  तुलनात्मक रुपमा उति लाभ  लिन सकिएन लाभसंगै हानी पनि भए l
राजतन्त्रबाट मुक्ति विश्वले खोजेको मुक्ति हो ,एकतन्त्रीय यो पद्दति संसारबाट बिलय हुदै गएको र  २००७ सालदेखिको  जन आकांक्षा थियो ,जब जब राजनैतिक उतार चढाव आए दरवार नै त्यसको कारक बन्यो  राजतन्त्र जनताले सुन्न नचाहेको कुरा हो ,यसको परिकल्पना दिवास्वप्न नै  हुन्छ l जब दल निरास भए  तब  शसस्त्र संघर्ष गर्दै आएको पार्टीसित सहकार्य गरे l माओवादीका निम्ति हतियार बिसाउने मार्ग प्रसस्त भयो ,राजनैतिक दलका स्वार्थ पनि सिद्द हुने देखियो l आजसम्म देश त्यो गतिमा बढेको भए लाखौ जन र पर्याप्त धनको हानी हुने अवस्थाको मुक्ति हो  १२ बुँदे सहमति l भौतिक संघर्षबाट क्रमश  दार्शनिक धरातलमा उत्रिएको अबस्थामा  जनताले बम बारूद धुवाँ लास,बिस्फोट क्षति बुझे,उपलब्धि बुझाउन नसक्नु पार्टीको कमजोरी हो l  त्यो बम बारुद बोकेर हिड्ने कित्ता के चाहन्थ्यो ज्यानभन्दा ठुलो  त्यो दार्शनिक धरातल के हो ? यो कुरा पार्टीले आफ्ना बर्गसामु पुर्याउनु पर्छ l हामी समग्र जनता त्यो महान दर्शन बुझ्न र जान्न उत्साहित हुनुपर्छ बल्ल देशले मुक्ति पाउँछ l पहिलो सम्बिधानसभाका उपलब्धिलाई सस्थागत गर्न नदिने शक्ति कुन हो  बुझ्नु पर्छ l काग्रेस र एमाले नै बाधक बनेको यथार्थ सबैले देखेको हो l
राजनेता होस् वा धर्म नेता आफ्नो मान्यता स्थापित गर्न मस्तिष्क सफाइ गर्छन्[ब्रेनवास ] अधिकारी दम्पती,युद्दकालका घटना , र लासहरूलाई पुनर्जीवित पारियो मानवअधिकारको अस्त्र छोडियो क्याम्पस चिफको बिरोध,डीन ,राजदूत,नगर प्रमुख ,गाउँ प्रमुखका कपोलकल्पित कथा उपकथामा माओवादीलाई निस्तेज पार्ने सड्यन्त्रमा चुनावी माहोल बन्यो l हिम्मत भए आज ती घटना  खोतलेर देखाउन् l हिम्मत त गर्लान् तर त्यसको भयानक परिणतिको  पनि  ख्याल गरिनु पर्ला  त्यसैले मौन भएका छन र हुनुपर्छ  हिजो चुनावी माहोलका निम्ति मात्र आएका कुरा हुन् l माओवादीका तीन सिंह, एउटा जवान थियो  नग्रा काटिएको ख्याल गरेन सिकार गर्न  निस्कियो l एउटा गाईका बगालमा घाँस खाने प्रयास गर्दैछ l अर्को बुढो मानसिकता लिएर  किनारा खोज्दैछ सिकारका निम्ति झम्टने  तरखरमा छ l यस्तो अवस्थामा रचनात्मक चिन्तनसहित नयाँ पुस्ताको समर्थन सहयोग र सहकार्यबीना देशको विकास  सम्भव छैन l कार्यदीशा सिर्जनात्मक हुनुपर्छ गतिशील थियो हुनुपर्छ l शस्त्र छोडेर शास्त्रमा आएको हो ,बुलेट छोडेर ब्यालेटमा आएको हो  l यस पार्टीको उर्जा राष्ट्रहीतमा हुनुपर्छ l सिर्जनात्मक, गतिशील र रचनात्मक हुनुपर्छ विचारका संवाहक युवा पुस्ताको यस पार्टीमा चासो बढ्नु पर्छ वौद्दिक कित्ता संबाद र तर्कका निम्ति तयार रहनु पर्छ l देशको मुक्ति भ्रष्टहरूको चाकरीले सम्भव  छैन l
उता  भ्रस्ट खुमबहादुर चुनावका निम्ति जेलबाट मुक्त भएर १०१किलोको  मालाले किचिदै थिए l माओवादीमा आफ्नै पार्टीमा सम्पती छानबिनको  चर्चा चल्दै थियो l सबै दलका नेताले खाइपाई आएको सुविधामा  अरुलाई टाउको दुखेन माओवादी कै क्रान्तिकारी योद्दाको पेट पोल्यो यसैले पार्टी कमजोर भएको आभास भएको छ l अब जनतासामु जानुपर्छ  सहयोग गर्नुपर्छ   आजको सरकारले गर्ननसकेका कार्य कार्यकर्ताले गरेर जनमत हासिल गर्नु पर्छ l धार्मिक विश्लेषण गर्न छोडेर वेदान्तमा रहेको साम्यवादलाई आत्मसात गर्दै  वाटरले मात्र  तिर्खा मेट्छ भन्ने मान्यता विस्थापित गर्दै पानीले पनि तिर्खा मेट्न सक्ने रहेछ भन्ने  कुराको खोजी आवस्यक छ l हरेक तह तप्का र कित्ताका जनतालाई सितलता प्रदान गर्दै आगामि सार्वभौमिक मान्यता  स्थापित गर्नसक्छ र गर्नुपर्छ l हरेक बुद्दीजीबी, पत्रकार ,जनता र नेता देशको विकासका निम्ति  हिजोको २० वर्षे राजनैतिक विश्लेषण गर्न सकेमात्र देशले निकास पाउने छ l भौतिक भन्दा प्रतीकात्मक आन्दोलन  बलिया  हुन्छन् l सत्ता नछोड्ने  दृढ संकल्प लिएका बाबुरामले धादिङ्गमा  श्राद्द  गरिए पछि छोडे l  त्यस्तै सडक सफाइ ,बाटो निर्माण ,औद्योगिक विकासका एजेन्डा लिएर गाउँ  गाउँ पसी   माओवादीका दार्शनिक धरातलबारे प्रशिक्षित गर्नुपर्छ l जन सहभागिता मै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ l कुनै पनि  वर्ग ,जात,र लिङ्गका जनताले  एनेकपा माओवादीबाट सुरक्षा अनुभव गर्नुपर्छ l सामान्य कार्यकर्ताले पनि  मुठीबटार्न छोडेर  बौदिक तर्क गर्ने क्षमता प्रदान गरिनु पर्छ बल्ल  एनेकपा माओवादी  पार्टी  नेपालीको पार्टी र नयाँ शक्ति  सर्वमान्य शक्ति बन्न सक्छ l यसो नभएसम्म देशमा शान्ति विकास र समृद्दी आउन सक्दैन त्यसैले समय मै सचेत  भएर  राष्ट्र्हीतमा किन नलाग्ने  दलाली र चाकडी गरेर कति देशलाई अनिर्णयको बन्दी बनाउने ? आउनुस् युवा  हातेमालो गरौ रचनात्मक चिन्तनको खोजी गरौ l
वास्तविक निकासको गाँठो पहिल्यौदै र गाँठो फुकाउदै  अगाडि बढ्ने आकांक्षा नेपाली जनतामा हुनु आवस्यक छ हिजोका उपलब्धिलाई सस्थागत गर्दै अग्रगमनको दिशा हिडेकाले सम्पूर्ण जनताको अभिभावक बन्न सक्छ त्यो विशेषता  रचनात्मक चिन्तनबाट सम्भव छ केही परिभाषिक प्राबिधिक शब्द छाडेर पनि  सोही मूल्यप्राप्त गरिने अवस्था छ भने  चुक्नु हुदैन बारम्बार  नयाँ मार्ग र सम्भावनाको  खोजी  आजको अपरिहार्यता हो l बाबुराम यही कित्ताको अनुसन्धानमा क्रियाशील भए जस्तो लाग्छ उहाँले आत्मगत हुन छोडेर बस्तुगत उपलब्धिमा जोडदिनु पर्छ l रचनात्मक चिन्तन अपरिहार्य चिन्तन हो ,यसका मूल्य मान्यताबाट कोही भयभीत हुनुहुदैन l

No comments:

Post a Comment