Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, August 16, 2014

पृथ्वीतर्फ बढ्दै गरेको क्षुद्रग्रहले मानव जीवनलाई सखाप पार्ने खतरा

काठमाडौं, साउन ३१ – पृथ्वीमा ठोक्किने गरी एउटा ठूलो क्षुद्रग्रह (एस्टरोइड) ३३ हजार ८ सय माइल प्रतिघण्टाको रफ्तारले अघि बढ्दै छ । यदी त्यो क्षुद्रग्रह पृथ्वीमा ठोकिने हो भने पृथ्वी नै ध्वस्त हुने वैज्ञानिकहरुले बताएका छन् ।



वैज्ञानिकहरुका अनुसार करिब ४४ हजार ८०० मेगाटन विस्फोटक पदार्थको क्षमता भएको उक्त क्षुद्रग्रह सन् २८८० को मार्च १६ का दिन पृथ्वीसँग ठोक्किने छ ।यदी यसलाई आकाशमा नै ध्वस्त गरिने हो भने यसको असर निकै भयानक हुने उनीहरुको भनाई छ ।हुनतः यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना १/३०० मात्र छ, तर यो वैज्ञानिकहरुलाई चिन्तित तुल्याउनका लागि काफी छ ।

यदी यो पृथ्वीसँग ठोकिने हो भने यसले ठूलो सुनामी, भुईचालो ल्याउनेछ र यहाँको जलवायुलाई नै परिवर्तन गरिदिने छ । यसले गर्दा पृथ्वीबाट मानव जीवननै सखाप हुने कुरा वैज्ञानिकहरुले बताएका छन् ।टेनिसी विश्वविद्यालयले उक्त क्षुद्र ग्रहको नाम १९५० डीए दिएका छन् र यस विषयमा अध्ययन गरिरहेका छन् ।

No comments:

Post a Comment