Tuesday, August 12, 2014

अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठलाइ सम्मान भन्दै दर्शक हलमा ओइरिए ,

कोहिनूरको ब्यापार ४ दिन मा १ करोड १ लाख 

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मानमा दर्शकले हलमा बाक्लो उपस्थिती देखाएका छन् ।

शुक्रबार र शनिबार कमजोर ओपनिङ गरेको कोहिनूरले आईतवार र सोमवार आक्रमक कलेक्सन गर्‍यो  ।  ‘यसरीनै केही दिन दर्शकले साथ दिने हो भने बर्षको सवै भन्दा बढी कलेक्सन गर्ने फिल्म हुन सक्छ कोहिनूर’   राजधानी  वितरण हेरिरहेका वितरक   सुनील मानन्धरको तर्क छ ।
काठमाण्डूमा कोहिनूरको चार दिनको ग्रस कलेक्सन ५४ लाख छ भने मोफसलमा करिब ४७ लाखको कलेक्सन छ । चार दिनमा करोड क्लब भित्र पर्न सफल कोहिनूरको आज मंगलबारको बिजनेस  पनि बिहानै देखि आक्रमक रहेको रिपोर्ट छ ।
फिल्म हल बाहिर राखिएको श्रीकृष्णको शोक पुस्तिकामा हस्ताक्षर गर्दै दर्शकले फिल्मको टिकट खरिद गरिरहेको धरानबाट चलचित्र पत्रकार अर्पण ढकालले रिपोर्ट दिएका छन् ।
पूर्वाञ्चलको विर्तामोडमा रहेको श्रीकृष्ण हलमा पनि ब्यापार आक्रमक रहेको खबर छ ।
१ करोड नेपाली बजेटमा बनेको कोहिनूरले आफ्नो लागनी रिकभर गर्न ३ करोडको ब्यापार गर्नुपर्ने हुन्छ । एक करोड ग्रस कलेक्सन हुँदा निर्माताले करिव  ३८  लाख हातमा पाउछन् ।
 - फिल्मी न्युज

No comments:

Post a Comment