Saturday, August 9, 2014

न्यायिक समवेदना

 कमल प्रसाद अर्याल ,दक्षिण कोरिया-


कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ l अनेक तर्क बितर्क निस्कन्छन्  तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर  हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर  सचेत नागरिक कसरी मौन बस्न सक्छ र ? खै कहाँ गयो त्यो बौद्दिक कित्ता ? सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु l 'चरी 'प्रबृत्ति हो प्रतिनिधि पात्र हो l यस्ता पात्र र प्रवृत्ति  कानुनी राज्यलाई उपहासमा बदल्ने घटना हो चरी प्रकरण भन्ने लाग्छ l सेतो पर्दा  च्यातिएर देखिएका काला अनुहार लज्जाबोधले बर्बराएका हुन् l  न्यायका आडमा हुने अराजकता सिसाबाट देखिए झैँ प्रष्ट देखिएको अवस्था हो l हरेक जिल्ला र क्षेत्रमा अनि गाउँ गाउँमा क्रियाशील यस्ता चरी प्रवृत्तिको अन्त्य  जनताले चाहेको  हो तर  मौलाएको घिनलाग्दो सत्यमा पहुचको घेरामा नभएका  सचेत नागरिकले उकुसमुकुस मुकुस  अनुभव त गर्छ नै l चरा मारे झैँ मान्छे मार्न त नहुने  चरा मार्दा त जनताले जेल जानु पर्छ लुकेर मार्ने खाने अलग कुरा हो  राज्य र न्यायले छुट दिदैन l अपराधी त ती हुन् जसले यस्ता  पात्र र प्रवृत्तिको संरक्षणमा  कानुनी राज्यको उपहास गर्दैछन् l राज्यलाई अनधिकृत दोहन  गर्दै छन्  ,नेपाल आमामाथि दिन दहाडै बलात्कार गर्दैछन् l दिन दहाडै बन्दुक देखाउदै जनता तर्साउदै हिडेको हो भने जवाफी कारवाही हुन्छ कानुनसम्मत  अपराधी मरिन्छ तर यो पुलिस प्रशासनको काम होइन ?अन्तरिक संबिधान त छ नि  संबिधान नै  नभएको  हो र ? उसो भए सेना पुलिस सब खारेज गरेर न्यायालय बन्द गरेर   तिमी त्यही कर्तब्य पालन गर यसलाई पाल यसलाई मार भन्ने आदेश  दिएरै बस l सत्य तत्थ्य प्रतिवेदन प्रस्तुत गर्ने  कि ?न्यायिक छानविन आयोग बनोस्  के  यही नाटक गर्न तिमीलाई संसद भवन पठाएको हो नालायक !यसैका निम्ति राज्यको सुबिधा हसुरेका हौ?
सडकमा मान्छे हिड्न सुरक्षित छैन जता ततै अराजकता र अशान्ति छ ,देश बाढी पहिरोले आक्रान्त छ , यिनै प्रवृत्ति अपहरण गर्छ बलात्कार गर्छ  त्यही गर्न पाउनु पर्छ भनेर आन्दोलन गर्छ  संसद कति लाज मर्दो  छि!छि!छि! यस्तै  अन्याय अत्याचार दुराचार र शोषणको प्रतिवाद गर्न उठेको कुनै एक शक्तिलाई  आतंककारी बनाउने तिमी , बम बारुद र धुवाँको खेलमा जनता मास्ने तिमी ,टाउकाको मूल्य तोकेर गोली ठोक्न आदेश दिने तिमी सबै न्यायिक भए l शान्तिपूर्ण  आन्दोलनमा सहभागी भएर  सबै शस्त्र फालेर शास्त्रीय मान्यतामा आएपछि पनि शास्त्रसम्मत  विधिको कानुनमा चलेर अनेक परिवर्तनलाई राज्यको आवस्यकता मान्दै स्वीकार गर्दा पनि उपलब्धिका आडमा सत्तामा पुगेर  तिनैलाई आतंककारी घोषणा गर्न पछि नपर्ने तिम्रा काला कर्तुत जनताले बुझिसके l तिमीले यो धर्तीमा टेक्ने पैतालाभर माटो नपाएर रुनुपर्ला खबरदार!  नात्यमंच नबनाऊ यो देशलाई  बिधि र शाशनको खिल्ली उडाउने काम नगर l पुलिस प्रशासनलाई निर्वाध रुपमा काम गर्न देऊl न्यायालयले गर्ने काम तिमीलाई गर्ने अधिकार छैन , राष्टिय मानव अधिकार आयोगमा के साँढे पालिन थालिए हिज आज ?
कति सहनु कति खप्नु  थुक्क! प्रतिपक्ष यो रमिता हेरेर बस्छौ ? उठान गर न्यायको मार्गको अनुसरण गर  l यसरी कुनै देश चलेको छ यसरी ?सिक दुनियाँसित तिम्रा घिनलाग्दा कर्तुत हेर्न र सहन नसकी विदेश पलायन हुने देशभक्त कित्तालाई पनि शान्ति दिदैनौ है l आफ्नो  देशको  उकुसमुकुस अवस्थामा बाच्न नसकेर मजदुरी गरेरै भए पनि  शान्ति समृदी र न्याय भएको देशमा सरण लिएका हामी नागरिकले यस्ता घिनलाग्दा कुरा सुन्नु पर्छ भनेर नै होला  आत्महत्या गरेका तिनका लास पोल्दा ख्याल गरेका छौ l जनतामा भएको राष्ट्र भक्तिको भाव बुझेका छौ ? इन्टरनेट बन्द गर ,तमासा नबनाऊ देशको बेइजत नगर तिम्रा दुराचार मात्र हेरेर कति बस्न सकिन्छ ?बसिन्न  सकिन्न बस्न ख्याल गर l कानुनी राज्यको  अबसान भएको अनुभूति भएकोछ  त्यसका निम्ति न्यायिक समबेदना प्रकट गर्दछु l

No comments:

Post a Comment